arrow

‘महिनावारी भएको हो ? लौ नदी तर्न पाइन्न !’

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
periods.jpg

काठमाडौं । ‘महिनावारी भएको हो ? लौ नदी तर्न पाइन्न !’ यस्तो कडा उर्दी २१ औं शताब्दीमा लागेको सुन्दा कस्तो लाग्छ ? यथार्थ तीतो हुन्छ । भएको त्यही छ । 

प्रसंग हो घानाको । घानामा महिनावारी भएकालाई नदी पार गर्न रोक लगाइएको छ । घानाको आफिन नदीमा बनेको पुलबाट महिनावारी भएको बेलामा वारपार गर्न रोक लगाइएको बीबीसीको हिन्दी संस्करणले उल्लेख गरेको छ । 

यो प्रतिवन्धले माथिल्लो डेनकायरा इस्ट जिल्लाको मध्य क्षेत्रका बालिका महिनावारी भएको बेला विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध समेत गरेका छन् ।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन यूनेस्कोका अनुसार यो क्षेत्रमा १० मध्ये एक छात्रा महिनावारीको कारण विद्यालय जानबाट बन्चित हुने गरेका छन् ।

महिनावारी हुँदा नेपालमा पनि केही न केही समस्या सिर्जना भएकै हुन्छन् । तर यत्तिको चाहीं अलि हैन । भारतमा पनि यसको समस्या छ । 

घाना की छात्राएं

घाना की छात्राएं



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ