arrow

सहकारीको माध्यमबाट सक्षम बन्दै महिला

आर्थिक र सामाजिकमा अगुवा बन्ने अवसर

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ पुष २८ शुक्रबार
syan.JPG

(सिर्सेकोट) स्याङ्जा । चुलो चौकामा मात्रै सिमित हुने महिलाहरु हिजो आज सामाजिक परिवर्तनमा अगुवाको भुमिका पनि निर्वाह गर्दै छन् । चेतनाको कमीका कारण महिलाहरु पछि पर्ने मात्रै नभएर घरायसी कामधन्दामा मात्रै सिमित हुदै आएका थिए । मुलुक परिवर्तन सगै महिलाहरुमा पनि परिवर्तन हुन थालेपछि महिलाहरु पनि सामाजिक काममा अग्रसरता देखाउन थालेका छन् ।

पुरुषको मात्रै मुख ताक्ने परम्परा तोडेर स्याङ्जाको वालिङ नगरपालिका १२ सिर्सेकोटका महिलाहरुले सहकारी नै संचालन गरेका छन् । सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्था संचालन गरेर महिलाहरुले आर्थिक, सामाजिक र भौतिक प्रगतिको विकासमा लागेका छन् । महिला मात्रै शेयर सदस्य रहेर संचालन गरिएको वचतले सिर्सेकोटका महिलाहरुको आर्थिक उन्नतीमा फड्को मारेको छ । भौगोलिक विकटता र चेतनाको कमीले पछि परेका सिर्सेकोटका महिलाहरु सानो सानो वचतबाट अहिले लाखौको मालिक बन्न सफल भएका छन् । २०६७ सालमा ९२ जना महिला शेयर सदस्य बनेर स्थापना गरिएको यो सहकारीमा ५ सय जना महिला शेयर सदस्य पुगेका छन् । जसले गर्दा आर्थिक र सामाजिक सेवाको अगुवा बन्ने अवसर पाएका छन् ।

वचतलाई सुरक्षित गर्दै आफै व्यवस्थापन र संचालनमा कठिन भएपनि सबै महिलाहरुको एक आपसमा समझदारी गर्दै सहकारीलाई यहाँ सम्म ल्याईपुराएको महिलाहरु बताउछन् । वचत मात्रै नभएर सहकारीको माध्यमबाट सिपमुलक तालिम, लैकिङ् हिंसा निवारण सम्वन्धी जनचेतना, किशोर किशोरी परामर्स सेवा, बाख्रा पैचो, तरकारी उत्पादन लगायतका कार्यक्रम पनि संचालन गरेका छन् । हरेक बर्ष समयमै साधरणसभा गर्ने, अन्तरक्रिया गर्ने लगायतका काम गर्दै सहकारीलाई जिल्लाकै उत्कृट महिला सहकारी बनाउने उदेश्य लिदै आएका छन् ।

महिलाले संचालन गरेको सहकारीमा आर्थिक पारर्दशिता हुने बताइएको छ । स्याङ्जा जिल्लामा आधा दर्जन जति वचत सहकारी महिलाहरुले संचालन गरेको तथ्याङ्क रहेको छ । तर वालिङ नगरपालिकामा महिलाहरुले संचालन गरेको सहकारीको तथ्याङ्क संकलन गर्ने वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारी बताउछीन् । सहकारीको उदघाटन गर्न पुगेकी उपप्रमुख तिवारीले महिलाहरुलाई आर्थिक र सामाजिक बाटोमा लैजाने नीतिगत रुपमा नगरपालिका अगाडी बढेकोले महिलाले संचालन गरेका सहकारीलाई नगरपालिकाले हेर्ने दृष्टिकोण फरक हुने बताईन् । सबै महिला उद्यमशिल बन्नु होस उपप्रमुख तिवारीले भनिन्,“ नगरपालिका जहिले पनि सहयोग गर्न तयार छ ।” दिन विताउने समयलाई महिला दिदिबहिनीले उपयोग गर्न आवश्यक ट उनले भनिन् ।


एक घर एक महिला शेयर सदस्य बनाउने अभियान सगै महिलाको आर्थिक, राजनैतिक रुपमा सवल बनाउन सके मात्रै पछाडि परेको सिर्सेकोटलाई अगाडी बढाउन सकिन्छ भन्ने लक्ष्यका साथ अगाडी बढेको संस्थाकी अध्यक्ष केशरा बस्याल बताउछिन् । सहकारीले महिलालाई बचतको मात्रै माध्यम नसिकाएर उद्यमशिलता तर्फ पनि उन्मुख गराएको बस्यालको भनाई छ ।

सहकारी संचालनमा आएपछि यस क्षेत्रका महिलाहरु आर्थिक रुपमा कसैको मुख ताक्न नपर्ने बताउछन् । सहकारीतामा प्रत्येक व्याक्ति सबैका लागि र सबै व्याक्ति सहकारीका लागि भन्ने सिद्धान्त अवलम्वन गरेका महिलाहरु सहकारीले हाम्रो आँखा खुलेको बताउछन् । महिलाको समस्या महिलाहरु नै मिलेर समाधान गर्ने काम गर्दै आएका छन् । सहभागी महिलाहरुले यसको श्रेय सहकारीकी संस्थापक अध्यक्ष टिकमाया गुरुङ्लाई दिएका छन् । गुरुङ्ले ठुलो मेहनतका साथ यो सहकारी स्थापना गरेको बताईन् । महिलाको समस्या महिलालले नै गर्नुपर्छ भन्ने भावना अभिप्रेत जगाई सहकारी स्थापनामा महिला दिदिबहिनी समेटेको गुरुङ्को भनाई छ ।

आफ्नै भवनमा संचालन गरेका नगरपालिका भएर पनि ग्रामणि क्षेत्रका महिलाहरुले सहकारीको माध्यमबाट गाँउलाई उज्यालो बनाउने काम गरेका छन् । ६ लाख ८३ हजार शेयर पुँजी रहेको यो सहकारीले ६० लाखको कारोवार गर्दै आएको छ । विना विद्युतीय प्रणालीबाट कारोवार गर्न सफल भएका महिलाहरुको सहकारीको माध्यमबाट फेरीको जिवनलाई राज्यले पनि सहयोग गर्न सकेमा पहुँच नपुगेका महिलाको अझै आर्थिक र सामाजिक बृद्धि हुने थियो ।

'रुसलान भोड्काले ब्रेन ड्यामेज' भन्ने शीर्षक रहेको समाचारको विषयमा संवाददाता प्राप्त समाचार प्रकाशित भइसकेपछि पर्याप्त प्रमाण हात नलागिसकेको भन्ने जानकारी आएकोले त्यो समाचार अहिलेकोलागि हटाइएको छ ।

सम्पादक

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ