arrow

अग्रवालले गरे हाजिर: पूर्वमहान्यायाधिवक्ता भन्छन्- ‘अग्रवाल डिन हुन मिल्दैन’

logo
प्रकाशित २०७४ पुष २९ शनिबार
deen-jagadish-agrawal_Zfq5rJERqP.jpg

काठमाडौं । पूर्वमहान्याधिवक्ता रमणकुमार श्रेष्ठले प्राडा. जगदीशप्रसाद अग्रवालले पुनः डिनको जिम्मेवारी लिन नपाउने बताएका छन् । ‘सर्वोच्च अदालतले डा. शशि शर्मालाई डिनमा पुनरर्बहाली गरेसँगै अग्रवाल हटेका हुन्,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अब आइओएममा नयाँ डिन नियुक्ति हुने हो । अग्रवालले कुन अधारमा पद सम्हाल्न गए त्यो सोचनीय विषय हो । सर्वोच्च अदालतले कुनै पनि बँदामा शशि शर्मा पछि पुनः अग्रवाल डिन हुनु भनेको छैन ।’

अधिवक्ता ओम प्रकाश अर्यालले भने जगेडामा बस्नुपर्ने व्यक्तिलाई डिन बनाएर आधिकारिक व्यक्तिलाई जगेडामा राख्ने जमर्को गरेको बताए । उनले चार वर्षका लागि डिनमा डा. अग्रवाल नियुक्त भएका हुनाले यसमा कुनै कानुनी अड्चन नरहेको दाबी गरे । डा. शशि शर्माको कार्यकाल सकिएलगत्तै स्वतः अग्रवालले डिनको कार्यभार सम्हान्न पाउने उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।

अग्रवालका विषयमा त्रिवि बोल्दैन : उपकुलपति
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको डिनका विषयमा तत्काल त्रिविले नबोल्ने बताए। डिनको विषय अदालत प्रवेश गरेको भन्दै यस विषयमा त्रिवि तत्काल निर्णय लिने पक्षमा नरहेको खनियाँको भनाइ छ । ‘म अहिले काठमाडौंबाहिर छु,’ खनियाँले नयाँ पत्रिकासँग भने, ‘मैले पनि डिनमा अग्रवालले जिम्मेवारी लिए भन्ने कुरा समाचारबाट थाहा पाएँ । उनलाई डिन मान्ने नमान्ने विषयमा हामी कानुनी राय लिएर मात्रै बोल्ने छौँ ।’

‘सर्वोच्चले डा. शशि शर्मालाई डिनमा पुनरर्बहाली गर भन्यो, हामीले ग¥यौँ’ उनले भने, ‘तर, त्यसपछिको डिनका विषयमा बोलेको छैन, त्यसैले हामी अहिले केही बोल्दैनौँ,’ उनले भने । उनले डा. जगदीशप्रसाद अग्रवालले हतारमा डिनको कुर्सीमा जानुपर्ने कुनै कारण नभएको बताए ।

प्रधानन्यायाधीश पराजुलीबारे सम्झौता मौन
डा. केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई ‘भ्रष्ट’को संज्ञा दिँदै उनको राजीनामालाई पनि प्रमुख माग बनाएका थिए । तर, सरकारसँग भएको सहमतिपत्रमा पराजुलीबारे केही उल्लेख छैन । प्रधानन्यायाधीश पराजुलीको पक्षमा उभिँदै शुक्रबार मात्रै नेपाल बार एसोसिएसनले डा. केसीले न्यायालयप्रति जनआस्था घटाउने काम गरेको बताएको थियो ।

अग्रवालले हाजिर गरे
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले कार्यालय पुगेर हाजिरी गरेका छन् । शुक्रबार चार दिनका लागि सर्वोच्च अदालतबाट पुनर्वहाली भएका डिन प्रा.डा. शशि शर्माको अवधि बिहीबार सकिएपछि शुक्रबार अग्रवाल आफैँ डिनको जिम्मेवारी सम्हाल्न गएका हुन् । ‘मलाई सर्वोच्चले नियमसंगत नियुक्ति भएको भनेको छ,’ उनले भने, ‘त्यसैले डा. शशिको कार्यअवधि सकिएकाले मैले जिम्मेवारी सम्हालेको हुँ । आजै एमबिबिएस भर्नामा ८ सयजनाको काउन्सिलिङ गरौं।’ (नयाँ प्रत्रिका)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ