arrow

डा केसीले तोडे अनसन, फुटपाथमा जुत्ता सिलाउने मोचीले खुवाए जुस 

logo
प्रकाशित २०७४ पुष २९ शनिबार
kc_ansan.jpg

काठमाडौँ । गत सोमबारदेखि अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले अनशन तोडेका छन् । शुक्रबार साँझ सरकारसँग ५ बुँदे सहमति भएसँगै शनिबार विहान पत्रकार सम्मेलन गरी अनसन तोडेका हुन् । 

चिकित्सा क्षेत्रमा भएको वेथितीको विरोधमा १४ औं पटक अनसन बसेका उनको यो अनसन भने सर्वाेच्च अदालतका प्रधानन्यायाधीस गोपाल पराजुलीको विरुद्ध थियो । उनले १४ औं अनुसन शिक्षण अस्पताल बाहिर ५ वर्षदेखि जुत्ता सिलाउँदै आएका नथुनीयाँ मोचीको हातबाट जुस खाएर तोडेका हुन् । 

केसी र स्वास्थ्य मन्त्री दिपक बाहोराबीच शुक्रबार साँँझ सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको काम हुने भएकाले अनसन अन्त्य गर्न आग्रह गरेपछि केसी अनसन तोड्न सहमत भएका हुन् । 

डा केसीसँग वार्ता गर्न मन्त्री बोहोरा नेतृत्वको टोली शुक्रबार साँझ साढे ७ बजे शिक्षण अस्पताल महाराजगन्ज पुगेको थियो। टोलीमा डा गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले पनि थिए।

यस्तो छ सरकार र केसीबीच भएको छ बुँदे सहमति :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ