arrow

प्रभावकारी बन्दै सुनौला हजार दिन कार्यक्रम

logo
रमित बि.क.,
प्रकाशित २०७४ पुष २९ शनिबार
bajura_(2).jpg

बाजुरा । सुनौला हजार दिन सञ्चार अभियानको जिल्लामा सकारात्मक प्रभाव बढेको छ । पोषण अवस्था सुधारका लागि सचेतना अभिवृद्धीका गतिविधि सञ्चालन हुन थालेपछि स्थानीयमा सकारात्मक प्रभाव बढेको हो ।

 कार्यक्रम जिल्लाका साविक कोल्टी, पाण्डुसैन, मार्तडी, दहकोट, बुढीगंगा, कैलाशमाडौं, कुल्देवमाडौं, डोगडी, बुढीगंगा, बाह्विस र जयबागेश्वरी गाविसमा पहिलो चरणमा संञ्चालन भइरहेको छ । आमाको गर्भ रहेको दिनदेखि दुई वर्ष मुनिका बालबालिकाहरुमा पोषणको अवस्था सुधार गर्न कार्यक्रम अन्तर्गत गतिविधि सञ्चालन भईरहेको जिल्ला कार्यक्रम संयोजक अशोक जोशीले बताए ।अभियान अन्तर्गत हरेक बार खाना चार, गर्भवतिको चेक जाँच, हजार दिनको अवधिमा गर्नुपर्ने व्यवाहार र संरक्षणमा ख्याल दिने गरेको पाईएको छ । पहिलो समय स्वास्थ्य आमा समूह, महिला स्वास्थ्य स्वयम सेविका लगायतले सँगै बसेर सुनौला हजार दिन बिशेष अवस्था बारे छलफल गर्न नियमित बैठक समेत गर्ने गरेका छन् ।

सुनौला हजार दिने सञ्चार अभियान सहीतका कार्यक्रम जिल्लाका सञ्चालन भएदेखि गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था बारे ध्यान दिने र नियमति चेकजाँच गर्नेको संख्यामा वृद्धी भएको बाजुरा स्वास्थ्य चौकीका ईन्चार्ज बिष्णुप्रसाद जैशीले बताए  ।  सुनौला हजार दिन सञ्चार अभियानले गर्भवती, सुत्केरी तथा २ बर्षमुनीका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई व्यवहारमा परिवर्तन गर्ने खालका सन्देश मुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम २०७३ बाट सुरु भए पश्चात वैशाख २४ गतेदखि असार ६ गते सम्म गर्भवती आमाहरुले स्वास्थ्य संस्थामा चेकजाँच गराउने संख्या १५३ जना पुगेको सुनौला हजार दिन सञ्चार अभियान जिल्ला संयोजक अशोक कुमार जोशीले बताए ।

 सुनौला हजार दिन सञ्चार अभियानले स्वास्थ्य शिक्षा, पोषणयुक्त खानेकुरा, नियमित चेकजाँच र हजार दिनको महत्व बारे जानकारी भएको साविकको कुल्देवमाण्डौँ गाविसकी मोतीकला थापाले बताए । कार्यक्रमले ग्रामिण स्तरमा सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयंमसेवीकाहरु संग मिलेर सुनौला हजार दिनको बारेमा सडक नाटक र बिभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन भईरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ