arrow

कक्षा ११ को रिजल्ट अायाे

logo
प्रकाशित २०७४ पुष २९ शनिबार
pariksha_board.JPG

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित गरेको छ । शनिबार साँझ सूचना जारी गर्दै बोर्डले परीक्षाफल प्रकाशन भएकाे जानकारी दिएकाे हाे ।

११ कक्षाका परीक्षाफल ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकामा ७४ जनाको परीक्षा रद्द भएको छ । १ जनाको परीक्षाफल राेकिएकाे छ । बाेर्डले परीक्षाफल http://neb.ntc.net.np मा हेर्न सकिने जनाएको छ ।

परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ ।

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए । एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन् । ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगतरुपमा नतिजा पाउने छन् ।

स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटकपटक मिति सार्दै असार १ गतेदेखि सञ्चालन भएको कक्षा ११ को परीक्षा नतिजा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै बोर्डले सात महिनापछि नतिजा सार्वजनिक गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ