arrow

नेविसंघमा समानान्तर अभ्यास, दुई अलग अलग अनुशासन समितिले चलायो कार्वाहीको डण्डा

अध्यक्ष महरलाई समेत काट्यो एक पक्षले स्पष्टिकरण

logo
प्रकाशित २०७४ पुष २९ शनिबार
nainsingh-saroj-kundan.jpg

काठमाडौं। नेपाल विद्यार्थी संघको विवादले उग्र रुप लिदै जाँदा समानान्तर अभ्यास शुरु भएको छ। यसरी समानान्तर अभ्यास हुँदा अस्तित्वमा देखिएका तीन पक्ष मध्ये दुई पक्ष भिड्ने मुडमा देखिएका छन्। राष्ट्रिय मेलमिलापको दिवसमा अलग अलग कार्यक्रम गरेर विवादलाई सतहमा देखाएका उनीहरुले यो भिडन्त अब औपचारिक रुपमै देखाएका छन्। 

नेपाल विद्यार्थी संघको लेटर प्याड र छापको समेत प्रयोग गरेर वाहिर सार्वजनिक भएको विवादसँगै काँग्रेसको भातृसंस्था नेविसंघमा पन्पिएको विवाद फुटेको छ। यो विवादले नेविसंघ एकपटक सांगठनिक अराजकतातर्फ जाने देखिएको छ। जस्ले पार्टीलाई हस्तक्षेप गर्न समेत आह्वान गर्ने देखिएको छ। 

अध्यक्ष नैनसिंह महर, महामन्त्री सरोज थापा र नेविसंघका महामन्त्री कुन्दन राज काफ्ले सहकार्य गर्दै महाधिवेशनमा भाग लिएका थिए। अलग अलग समुहमा रहेका उनीहरु तीनैजना चुनावमा विजयी पनि भए। तर यो चुनावी एकता धेरै लामो टिकेन। अहिले देखिएको यो विवाद महर र थापा पक्ष र काफ्ले समुहको दुबै बीचमा देखिएको कार्यगत कमजोरीसँगै अब हुने महाधिवेशनको तयारीका रुपमा पनि हेरीएको छ। 

यतिखेर नेविसंघको दुई समुहको नेतृत्व गर्ने महर र काफ्ले यि दुई नेताहरु आफू निकटको रहेका अनुसासन समितिका संयोजक मार्फत अनुशासनको डण्डा चलाएर नेविसंघमा आफ्नो अस्तित्वको लडाइमा उत्रिएका छन्। 

नेविसंघ विधान विपरित गतिविधि गरेको भन्दै उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटीईभीटी अध्यक्ष कर्ण ओली लगायतलाई अध्यक्ष महर पक्षले सोधेको स्पष्टिकरणको २४ घण्टा नबित्दै महामन्त्री काफ्ले समुहले अनुशासन समितिको नाममा अर्को कदम चालेको छ । 

अध्यक्ष महर तथा उनले अनुमोदित गरेकी अनुशासन समितिका संयोजक सहमहामन्त्री अम्बिका चलाउनेले उपाध्यक्ष अधिकारी तथा सिटीईभीटी अध्यक्ष कर्ण ओली लगायतलाई कार्वाहीको डण्डा चलाएकी छिन्।

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

त्यस लगत्तै काफ्ले समुहले अनुमोदित गरेका नेपाल विद्यार्थी संघका सह महामन्त्री एवं अनुशासन समितिका संयोजक राजेश रौनियारले दुई वटा छुट्टा–छुट्टै विज्ञप्ती निकाल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महर र अर्का सहमहामन्त्री अम्बिका चलाउनेलाई नै तीन दिनभित्र आफ्नो धारणा अनुशासन समितिलाई पेश गर्न पत्र काटेका छन् । 

अध्यक्ष महरले स्थानीय तह साथै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेविसंघलाई चलायमान नबनाउँदा पार्टीले पराजय भोग्न पुगेको समेत आरोप रौनियारले लगाएका छन् । 

No automatic alt text available.

आफूलाई लगाएको आरोपको बारेमा खण्डन गर्दै उपाध्यक्ष रामप्रसाद अधिकारीले नेपाल विद्यार्थी संघको नियमावलीमा प्रदेशको उपाध्यक्षमा नै सो प्रदेशको संयोजक हुने र सोही प्रदेशको सह महामन्त्री सदस्य सचिव हुने प्रावधान रहेकोले प्रदेश संयोजकले छलफल गरी सो प्रदेश भित्र विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्ने अधिकार दिएकाले नै आफूले नेपाली काँग्रेसका यूवा नेताहरुलाई समेत सहभागि गराई अन्तरक्रिया कार्यक्रम गरेको स्पष्टीकरण दिएका छन्। 

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिएका नेविसंघका उपाध्यक्ष सहितका नेता कार्यकर्ता पनि समानान्तर अभ्यास गरिरहेका छन्। 

नेविसंघमा रहेका यि तीन पक्ष अहिले एक अर्काका कार्यक्रममा उपस्थिति जनाउँदैनन। यि तीनै पक्ष एकले अर्कालाई खुइल्याउन हात धोएर लागेको उनीहरुका पछिल्ला गतिविधिले देखाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ