arrow

काँग्रेसी लागे गाँउतिर, पौने ५ लाखलाई अधिवेशनको रन्को

तीन हजार एक सय ६५ गाविस, तीन हजार ९० वडामा निर्वाचन

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
13th-congress.png.png.png.png
काठमाडौं । नेपाली काँग्रेसको १३औं महाधिवेशनको सवै भन्दा पहिलो खुड्कीलोको रुपमा रहेको गाँउ तथा नगर अधिवेशनमा भोली (माघ १५ गते) देशैभरी ४ लाख ७० हजार ६ सय ५५ जनाले भाग लिदै छन् । त्यसका लागि काँग्रेसका संपुर्ण क्रियाशिल सदस्यहरु आ आफ्नो सदस्यता रहेका ठाउमा गएका छन् । काँग्रेस नेताहरु आ आफ्नो ठाउमा गएपछि गाँउ गाँउमा चहलपहल बढेको छ भने कुनै ठुलै पर्व आएजस्तो महशुष गाँउलेहरुले गरेका छन् । 
 
तराईमा पनि अधिवेशनको तयारी राम्रोसंग भईरहेको तराईमा रहेका काँग्रेस नेताहरुले बताएका छन् । मधेशमा आन्दोलनगरीरहेका दलहरुले अधिवेशनमा असहयोग गर्ने हुन की भन्ने आशंका गरिएपनि अधिवेशन गर्न भने कुनै बाधा नदेखिएको नेताहरुले बताएका छन् । 
 
भोली शुक्रवार हरेक गाविस र हरेक नगरपालिकाको वडा र नगर समिति गठन हुनेछ । हरेक गाउ तथा नगरको लागि सभापति, सचिव, कोषाध्यक्ष एक एक जना र ८ जना सदस्यको चुनाव हुने छ भने निर्वाचित सदस्यहरु मध्येबाट उपसभापति, सचिव र सहसचिव एक एक जना सभापतिले मनोनयनको प्रस्ताव गरि कार्यसमितिबाट पारित गराउनु पर्नेछ । त्यस वाहेक वाँकी ७ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ । सदस्यहरु निर्वाचन गर्दा र मनोनित गर्दा समावेशी सिद्धान्त अप्नाउनु पर्नेछ । यसरी गाँउ तथा हरेक नगरवाडको कार्यसमिति कुल २१ सदस्यीय हुने छ । नगरसमिति पनि सोही प्रक्रियाबाट बन्ने छ। 
 
साथै गाउ तथा नगरको वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधि पनि चयन गरिने छ । हरेक नगर वडाबाट कम्तीमा एक महिला सहित तिन जना क्षेत्रीय प्रतिनिधि चयन गरिने छ । वडाको कुल क्रियाशिल सदस्य संख्या एक सय नाघेमा थप एक जना क्षेत्रिय प्रतिनिधि थपिने छ भने महिलाको संख्या २५ भन्दा बढी भएमा थप एक महिला प्रतिनिधि थपीने काँग्रेसको विधानमा व्यवस्था छ । ति क्षेत्रीय प्रतिनिधिहरुले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्नुका साथै क्षेत्रीय कार्यसमिति पनि गठन गर्ने छन् । 
 
क्षेत्रस्तरको अधिवेशन भने माघ २२ र जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गते देखि २३ गते सम्म गर्ने तय भएको छ ।  
 
भोली शुक्रवार देशभरका तिन हजार एक सय ६५ गाविस र दुई सय १७ नगरपालिकाका तिन हजार ९० वडामा निर्वाचन हुने भएको छ । सवै नगरको वडा तथा गाविसस्तरको अधिवेशनका लागि आवश्यक सामग्रीहरु पठाई सकिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएका छ । 
 
सवै ठाउको निर्वाचन गराउनका लागि एक ठाउको कम्तीमा तिन जनाका दरले ९ हजार भन्दा बढी निर्वाचन अधिकारी परिचालन गर्न लागिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । उनले जिल्ला जिल्लामा खटिएका निर्वाचन अधिकृतहरुले अन्य निर्वाचन अधिकारी नियुक्त गरेको र उनीहरु गाँउ गाँउमा गएर निर्वाचनको तयारी गरिरहेको बताए । 
 
कांग्रेसले १३औं महाधिवेशनका लागि कूल ४ लाख ७० हजार ६ सय ५५ जना क्रियाशील सदस्यको नामावली स्विकृत गरेको छ । १२ औं महाधिवेशनमा ३ लाख १६ हजार ८ सय ३६ जना क्रियाशील सदस्य रहेकामा यसपटक २ लाख ५७ हजार ४ सय २ जनाले मात्र नविकरण गरेका छन् । 
 
सबैभन्दा कम नविकरण गर्ने जिल्ला 
यसपटक सबै भन्दा कम क्रियाशील सदस्यता नविकरण गर्ने जिल्ला मुस्ताङ् रहेको छ । मुस्ताङ्मा १ सय ८४ जनाको मात्रै सदस्यता नविकरण भएको वेबसाइटमा उल्लेख छ । यस्तै, सवैभन्दा कम नयाँ सदस्यता स्वीकृत हुने जिल्लामा मनाङ् परेको छ । मनाङ्मा १ सय ३५ जनाले मात्र क्रियाशील नयाँ सदस्यता पाएका छन्। 
 
सबैभन्दा बढी नविकण गर्ने जिल्ला 
१३औं महाधिवेशनका लागि सबै भन्दा बढी सदस्यता नविकरण गर्नेमा झापा अगाडी छ । झापामा सबैभन्दा बढी १० हजार ७ सय ९१ जनाको क्रियाशील सदस्यता नविकरण भएको छ । यसैगरी, १३ औं महाधिवेशनका लागि सबै भन्दा बढी नयाँ सदस्यता बनाउने जिल्लामा चितवन अघि छ । चितवनमा ९ हजार ८ सय ७ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको पार्टी कार्यालय सचिव शर्माले जानकारी दिए । यसरी १३ औं महाधिवेशनमा लागि नविकरण भएका क्रियशील सदस्यको संख्या २ लाख २ हजार १ सय ७९ रहेको शर्माले हाम्राकुरालाई बताए । 
 
विदेशबाट कति ?
विभिन्न देशमा रहेका कांग्रेस नेपाली जनसम्पर्क समितिमार्फत क्रियाशील सदस्य हुनेको संख्या ११ हजार ७४ रहेको छ ।  काँग्रेसको बाह्रौ महाधिवेशन यसअघि २०६७ असोज ५ गते सम्पन्न भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ