arrow

माघी रौनकः उपत्यकामा ६ दिनमा १३ करोडको तरुल कारोबार

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
tarul.jpg

काठमाडौं । माघे संक्रान्ति नजिकिदैं जाँदा तरुलको व्यापार उच्च भएको छ ।

एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ६ दिनको अवधिमा (पुस २५ देखि ३० गते सम्ममा) झण्डै १३ करोड मूल्य बराबरको करिब एक हजार टन विभिन्न प्रकारका तरुलको कारोबार हुने अनुमान गरिएको छ ।

‘गत वर्षभन्दा यो वर्ष एक करोडभन्दा बढी मूल्यबराबरको कारोबार हुँदैछ,’ महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अघिल्लो वर्ष केही सीमित बजारबाट १२ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो ।

तर, यो बर्ष बजार थपिएको छ । 

यो वर्ष थप एक करोड मूल्य बराबरको बढी कारोबार हुँदैछ ।’ (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ