- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १० वर्षदेखि मुकुटविहीन भएको राजसंस्था फेरि जाग्ने भएको छ । सुदूरपश्चिमबाट राजसंस्था जाग्दै गरेको हो ।
मध्य र सुदूरपश्चिमको दुई साताका लागि भनी पुस १३ गते नेपालगञ्ज पुगेको पूर्व राजपरिवार अझै एकहप्ता कम्तीमा नेपालगञ्ज बस्नेछ ।
दलहरुले सुदूरपश्चिमलाई कुनै चमत्कार नगरेपछि अहिले स्थानीय निराश छन् ।
यस्तो लाग्छ कि अवका केही वर्षमा पार्टीका सक्रिय कार्यकर्ताबाहेक कोही पनि उनीहरुको पछि लागेर झण्डा बोक्ने छैनन् ।
प्रसंग हो पुस २९ गते शनिबारको । नेपालगञ्जको सोल्टी होटलमा सुदूरपश्चिम र मध्यपश्चिमबाट राजसंस्थाको समर्थनमा जनसागर ओर्लियो ।
निकै तामझामका साथ राष्ट्रिय झण्डा लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न आएकाहरुको एउटै स्वर थियो –राजा आउ देश बचाऊ ।
पूर्वराजाका अगाडि नारामात्र लागेनन् उनीहरुले विकासका गुनासो पनि गरे । नेताहरुले के गरे के गरेनन् भन्ने कुराको फेहरिस्त सुनाए ।
‘अब राजसंस्थाले नै हामीलाई बचाउनु पर्छ’ पनि भने ।
के भने पूर्वराजाले ?
शाही कालमा घुमेका पूर्वराजाले जनतालाई भेट्दा त्यतिबेला ‘बुझें ‘बुझे’ं मात्र भन्थे । अहिले गम्भीर भएर उनीहरुका कुरा सुनेका छन् । मनन गरेका छन् ।
उनी निकट स्रोतले भन्यो ‘यसपटक उहाँले गम्भीरपूर्वक कुराहरु सुनिबक्सेको छ, अहिले आउने बौद्धिक वर्गले कसरी अगाडि बढ्ने भनेर सल्लाह पनि दिएको छ, पहिले भन्दा अवस्था भिन्न भएको छ ।’
स्रोत भन्छ ‘सरकारले निकै चाखपूर्वक सुनिबक्सेको छ, दलहरुका व्यवहारप्रति निकै पीडा पोख्नुभयो उहाँहरुले, आशावादी पो हुनुभएको छ उहाँहरु ।’
पूर्वराजाले पनि ‘मेरो पनि मन पोलेको छ, मलाई पनि दुखेको छ’ भनेका छन् ।
को थिए त्यहाँ ?
पहिले राजावादी र गरीवहरुलाई लिएर गइन्थ्यो । केही आशा देखाएर मान्छे बढाइन्थ्यो । अहिले भने त्यस्ता व्यक्तिलाई उठाएर ल्याइएको थिएन ।
आफै आएका थिए । पहिले राप्रपाको झुण्ड देखिन्थ्यो । अहिले पीडित नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसमेत थिए ।
शनिबार बिहान ११ः३० देखि दिउँसो १ः३० बजेसम्म दुई सय भन्दा बढीले पूर्वराजालाई भेटेर आफ्नो कुरा राखेका थिए ।
के भने भेट्नेहरुले ?
उनीहरुले भने, ‘पहिले एउटा राजाले खायो भनेर उफ्रिए अनि ६०१ बनाए । अहिले त हजार बढी पो राजा भएर आए त, देश लुटे हजूर, बिन्ती ! हजूरले नै केही गरिबक्स्यो ।!
सुदूरपश्चिमका सबै जिल्लाका प्रतिनिधिहरु आएका थिए । त्यसैगरी मध्यपश्चिमका जिल्लाका प्रतिनिधिहरु पनि थिए ।
उनीहरुले विकासका नाममा नेताहरुले आफ्नो विकास गरेको गुनासो समेत गरे ।
के छ त काँग्रेस, एमाले र माओवादीमा ?
यतिबेला जिल्लामा खलबली छाएको छ । एकातिर संघीयताले ठाउँ बनाउन समय लाग्ने छ । अर्कातिर नेताहरुले भोलिको आशा देखाएर आज लुटिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले थुप्रै योजनामात्र सुनाए पनि केही नगरेको गुनासो उनकै जिल्लाबाटसमेत भएपछि उनी अलोकप्रिय बन्न थालेका छन् ।
एमालेका भीम रावलदेखि माओवादीका नेताहरुलाई समेत ठगी गर्दै हिंडेको आरोप लाग्दै जाँदा कतै सुदूरपश्चिमबाटै राजसंस्था उदाउने त हैन ? भन्ने प्रश्न खडा भएको छ ।
१००० राजाका टाउकाले खाएर देश बर्बाद हुनुभन्दा त एउटै राजा आओस् जति खान्छ खाओस् अनि खाएपछि कम्तीमा गरीवलाई त हेर्ला नि भन्ने आशा जागेको छ ।
कर्णाली खानीको राजधानी हो भनी बोलेर नथाक्नेहरुले त्यही कर्णालीलाई आधार बनाएर लुट्नु लुटिरहेका छन् ।
बर्सेनि करोडौंको बजेट जान्छ । तर कागजमा सबै काम हुन्छ । एक सहभागीले भने, ‘जान त कर्णालीका नाममा पैसा जान्छ तर कल्ले खान्छ खान्छ ।’
पूर्वराजाको सक्रियता, नेकपा एमालेको सदासयता र विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले बढाएको हिमचिमले राजसंस्थाले कम्युनिष्ट गठबन्धनको सरकारकै बेलामा केही न केही स्पेश पाउने समेत आंकलन गरिएको छ ।
पूर्व युवराज्ञी बैंकक जानु र त्यसको सक्रियता देखाउनु अनि भारत गएर पूर्वराजाले प्रधानमन्त्री नरेन्द्र मोदीका दूतहरु भेट्नुलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।
चीनले समेत कुनै स्पेशका लागि हरियो झण्डा देखाइसकेको पूर्व राजपरिवार निकट स्रोतले बताएको छ ।