arrow

सुनकोशी गाउँपालिकाको आरुभञ्ज्याङ निमाविलाई सहयोग गर्न 'सपोर्ट माइ स्कुल' अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७४ पुष ३० आइतबार
support-my-school.jpg

काठमाडौं। ओखलढुंगाको सुनकोशी गाउँपालिकास्थित आरुभञ्ज्याङ निम्न माध्यमिक विद्यालयको भौतिक पूर्वाधारको स्तरोन्नती तथा सुधार गर्न नेपाली जनसम्पर्क समिती यूएइका सहमहामन्त्री एबम स्थानीय यूवा बिनोद योन्जनको अगुवाएमा ‘सपोर्ट माइ स्कुल’अभियान सञ्चालन गरिएको छ ।

योञ्जन सहितका देश विदेशमा रहेका यूवाहरुले यो अभियानलाई सामाजिक सञ्जालमा पनि शुरु गरेका छन्। अँग्रेजी नर्या बर्षको अवसर पारेर शुरु गरिएको अभियानमा सहयोगीहरु जुट्ने क्रम जारी छ। 

सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग जुटिरहेको अभियानका संयोजक विनोद योन्जनले बताए । योञ्जनका अनुसार हालसम्म अभियानमा भौतिक पू्र्वाधारका लागि चाहिने रकम उठिरहेको छ। झण्डे पाँच लाख रकम उठिसकेको छ। अझै उठ्नेक ्रममा रहेको उनले बताए। सहयोग गर्न चाहनेहरुला२ उनले ख्ला हृदयले सहयोग गर्न आग्रह पनि गरेका छन्। 

भौगोलिक रुपमा विकट र सुनकोसी गाउँपालिकाको पनि पिछडिएको दिप्सिङ गाउँमा रहेको आरुभञ्ज्याङ निम्न माध्यामिक विद्यालयको मर्मत तथा निर्माणका लागि ‘सर्पोट माई स्कूल’ अभियान शुरु गरिएको हो । 

यो विद्यालय विसं २०३१ सालमा स्थापना भएको हो । सर्पोट माई स्कूल अभियान अन्तर्गत नमुना विद्यालय भवन र आवश्यक शैक्षिक सामग्रिको व्यवस्था गरिने विद्यालय व्यवस्थापन संयोजक विनोद योञ्जनले बताए ।

विद्यालयमा झण्डै १८० विद्यार्थी अध्ययन गरिरहेका छन्। अभियानलाई सहयोग गर्नका लागि स्कूलको आधिकारिक पेजमा गएर मेसज गर्न सक्ने अध्यक्ष तामाङले बताए । 

यो अभियानमा सहभागी भइ आर्थिक सहयोग उपलब्ध गराउनेको नामावली फेसबुक पेज मार्फत सार्वजनिक गर्ने समेत बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ