arrow

प्रदेशसभा सिट बाँडफाँडमा एमाले र माओवादीबीच यस्तो रस्साकस्सी  

logo
प्रकाशित २०७४ माघ १ सोमबार
oli-prachanda.jpg

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् । 

नेकपा एमालेका नेता सुवास नेम्वाङले मुख्यमन्त्री, प्रदेशसभा सभामुख र राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा बैठकमा छलफल भएको र त्यसबारे शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने जानकारी दिए । 

राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ