arrow

नेपालमा फुटबल खेल्न आउन बेलायतमा यसरी उठ्दैछ रकम 

logo
सुरेन्द्र इङ्नाम 
प्रकाशित २०७४ माघ १ सोमबार
fck_news.jpg

केन्ट बेलायत । १४ जनवरी आइतबार बेलायतको फक्सटनमा एफसी केन्ट गोरखा भेटरेन्सले अन्तिम च्यारीटी नाईट सम्पन्न गरेको छ ।

नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो ।

यहि आउदो फरवरी २० देखि ९ मार्च २०१८ भित्रमा काठमाडौं र पोखरामा गएर खेलिने च्यारिटी खेलका लागी गोर्खा वेलफर ट्रस्ट सँग सहकार्य गरेर यस च्यारिटी फण्ड राईज गर्न शुरु गरेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले बताउनु भएको हो । 

फण्ड राईज गर्न बेलायतको केन्ट एरियाको ३ ठाँउहरुमा क्रमशः आशफोर्ड, मेडिस्टन र फक्सटनमा गर्ने योजना भए अनुसार गत १४ जनवरी २०१८ को दिन फक्सटन नेपाली कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङ्ग र १ आरजीआरका गोरखा मेजर सुरेश कुमार थापाको आतिथ्यमा बेलायतको फक्सटनमा यस क्लबले अन्तिम च्यारीटी डिनर नाईट सम्पन्न गरेको हो । 

मन्तब्यको क्रममा अतिथि फक्सटन नेपाली कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङ्गले बेलायतमा हामी रहेता पनि हाम्रो मन नेपालमै भएको अरु माध्यमहरुबाट नेपालमा सहयोगहरु गरी गए पनि यस पल्ट भेटरेन्सहरुको फुटबल क्लबबाट सहयोग गर्नु भनेको एउटा ऐतिहासिक कार्य भएको ब्यक्त गर्दै यस कार्य अति सराहनिय भएकोले सम्पुर्ण खेलाडीहरुलाई धन्यवाद दिए । 

बेलायतमा भएको डिनर लाईट र नेपालका २ ठाँउहरुमा खेलिने खेलबाट उठेको रकमलाई काठमाण्डौमा गोर्खा वेलफर ट्रस्ट नेपालको माताहतबाट अनाथ बालबालिका तथा बाल आश्रमलाई दिने र पोखरामा साहारा यूथक्लबलाई हस्तान्तरण गर्ने क्लबको योजना रहेको पनि प्रवन्धकले जानकारी दिए ।

यस्का साथै यस क्लबले नेपालमा गएर खेल खेल्नलाई बेलायतको बिभिन्न ठाँउहरुमा अभ्यास खेलहरु पनि खेलिरहेकको टिम कोच लोक चेम्जोङले जानकारी दिएका छन ।

साँझको ५ बजे बाट सुरु भएर रातको १० बजे सकिएको उक्त कार्यक्रम भास्कर राईको सम्योजन र टिमकोच लोक चेम्जोङ्ले सञ्चालन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ