arrow

पाँच कम्पनी कालो सूचीमा

logo
प्रकाशित २०७४ माघ १ सोमबार
Blacklist-tax.jpg.jpeg

काठमाडौँ । समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखी कारबाही गरेको हो ।

 कालोसूचीमा परेकामा टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौँ महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स’, काठमाडौँ महानगरपालिका इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौँकै पवन कुमार-नितेश कुमार छन् ।

ललितपुर महानगरपालिकाको पशुपति इन्टरनेशनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राखिएको छ । समयमै काम नगरेका कारण ठेकेदार कंलाई कालो सूचीमा राखिएको अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटाले  जानकारी दिए ।
 
उनका अनुसार ती कम्पनीले एकदेखि तीन वर्षसम्म कुनै कारोवार गर्न पाउने छैनन् । ती कम्पनीले गरेको गल्तीका आधारमा कारवाहीको समयावधि राखिएको र उनीहरुले पुनरावेदन गर्न सक्ने व्यवस्था भएको सचिव देवकोटाको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ