आयरल्याण्डलाई भारतको ७९ रनले हरायो

प्रकाशित मिति : २०७२ माघ १४ बिहिबार
एजेन्सी । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७९ रनले पराजित गरेको छ । श्री बंगला नेशनल मैदान, मिरपुरमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनायो । भारतका लागि सफ्र्राज खानले सर्वााधिक ७४ रन बनाए । वसिङ्गउटन सुन्दरले ६२ रनको योगदान गरे । बलिङतर्फ आयरल्याण्डका रोय आन्द्रेसले ३ विकेट लिए । 
 
२ सय ८० रनको रनको चुनौची पछ्याएको आयरल्याण्ड ४९ दशमलव १ ओभरमा सवै विकेट गुमाउदै १ सय ८९ रनमै समेटियो । आयरल्याण्डको सुरुवात राम्रो हुन सकेन । प्रारम्भिक ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । मध्यक्रमका व्याट्सम्यानद्वय लोरकन ट्रर्र्चर र विलियम मिक्लिनटोक ले क्रमशः ५७ र ५८ रनको योगदान गरे ।
 
यद्यपि, आयरल्याण्डको हार टरेन । आयरलयाण्डको ब्याटिङ ध्वस्त पार्ने क्रममा भारतका राहुल वथमले ८ ओभरमा १५ खर्चिदै ३ विकेट लिए । अभेस खान र मनिपाल लोमोनरले समान २–२ विकेट झारे । यू–१९ विश्वकपको अर्को खेलमा अफगानिस्तानलाई पाकिस्तानले ६ विकेटले हराएको छ । यस्तै, श्रीलंकाले क्यानाडालाई १ सय ९६ रनको विशाल अन्तरले पराजित गरेको छ । 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ