arrow

यो कस्तो सहर चाहिने ज्योति मगर

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
jyoti-magar.jpg

चितवन । यो सहरले धेरै मानिस खोज्छ । अनि कोही उत्तेजक बन्यो भने पनि मज्जाले बसेर कुरा काट्छ । तर त्यही सहर चाहना त्यसकै गरिरहन्छ । 

नेपाली गायन क्षेत्रमा ज्योति मगरलाई राम्रो मानिँदैन । उनी उश्रृंखल छिन् र छाडा छिन् भन्छ यही समाजले । गायन क्षेत्रका अग्रज पनि उनलाई रुचाउँदैनन् । समकक्षीहरु पनि मन पार्दैनन् । 

उनीहरुको एउटै स्वर हुन्छ –ज्योति मगर छाडा छे । 

तर त्यही ज्योति मगर प्रायः स्टेज शोहरुमा जान्छे र मज्जाले मनोरञ्जन दिलाएर फर्किन्छे । 

कुनै पनि शो छैन होला ज्योति मगरले गीत गाएर शरीर मर्काएपछि ‘वान्स मोर’ नभन्ने । 

र, पनि कुरा काट्नेहरु काटिरहन्छन् ज्योतिलाई कार्यक्रममा बोलाएर आयोजक मज्जाले पैसा कमाउँछ । 

दर्शकको घुइँचो लाग्छ । कार्यक्रम सफल हुन्छ । के ज्योति खराव हुन् ? 

हुन् भने उनी बहिस्कृत हुनुपर्दथ्यो । तर उनलाई निकै कार्यक्रममा बोलाइन्छ । व्यस्त हुन्छिन् । 

समाज संकीर्ण हो वा सोच । केही त हो । किनकि यो कस्तो सहर चाहिने ज्योति मगर ।

यो तस्वीर ज्योति मगरले चितवनको खैरहनीमा जारी पाचौँ खिचरा महोत्सवमा बिहीबार गीत प्रस्तुत गर्दै गर्दाको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ