arrow

म ‘बिग बोस’का लागि सही व्यक्ति होइन : सुरवीन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
578305137.jpeg
एजेन्सी। ‘हेट स्टोरी २’ की अभिनेत्री सुरवीन चवलाले रियालिटी शो ‘बिग बोस’को नवौं संस्करणमा सहभागि नहुने बताएकी छन् । उनले सो संस्करणमा सहभागि हुने मानसिकता नै खारेज गरेकी छन् ।
 
बलिउड स्टार सलमान खानले होस्ट गर्ने रियालिटी शो मा सुरवीन सहभागि हुने खबरको चर्चा चलिरहेको थियो । चर्चा सकिएपछि सुरवीनले भनेकी छन्,–‘बिग बोस’का लागि म सही व्यक्ति होइन ।’
 
उनले आफु ‘बिग बोस’को ठूला प्रशंसक भएको बताइन् । यद्यपि, आफु शोका लागि सही व्यक्ति नभएको उनले भनेकी छन् । ‘बिग बोस’ अन्र्राष्ट्रिय रियालिटी शो ‘बिग ब्रदर’को हिन्दी संस्करण हो ।
 
जसमा तमाम अथिती २४ घण्टाक्यामेरामा कैद हुने गर्दछन् । यस पटक शो को थिम ‘डबल ट्रबल’ राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ