arrow

दोलखा हल्लायो भूकम्पले 

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
earthquake-FNL-new.jpg.jpeg

दोलखा । दोलखामा भूकम्प गएको छ । दोलखाको बोचा र सुस्पा क्षमावतीको मध्यभागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्पको परकम्प गएको हो । बिहान ८ः३८ बजे गएको परकम्पले दोलखावासीमा त्रास छाएको थियो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । 

केन्द्रले २०७२ सालको गोरखाको बारपाक केन्द्रबिन्दू भएर गएको गोरखा भूकम्पकै यो परकम्प भएको जनाएको छ । 

पछिल्लो पटक एक महिनाअघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको परकम्प गएको थियो ।

अहिलेसम्म ४ रेक्टर स्केलदेखि माथिका गोरखा भूकम्पका ४८९ वटा परकम्प गइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ