arrow

संसदमा १२, बाहिर १५ ‘मधेस गठबन्धन फण्डा’

‘शरतजी र जेपीजीहरुलाई गठबन्धन भन्नुस् कि महागठबन्धन’

logo
चन्द्र धामी
प्रकाशित २०७२ माघ १४ बिहिबार
Madeshi-Morcha-Meeting.jpg.jpeg

काठमाडौं । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गठबन्धन निर्माणको अभ्यास गरिरहेकामा विभिन्न टिका टिप्पणी भएका छन् । अहिले गठबन्धनकै विषलाई लिएर मधेसी मोर्चाभित्र दरार आएको विषयले प्राथमिकता पाएको छ । यद्यपि, सद्भावना अध्यक्ष राजेन्द्र महतोले प्रस्ताव गरेको महागठबन्धनबारे मोर्चाको दोस्रो तहमा छलफल भएपनि शीर्ष तहमा आधिकारीक छलफल नभएको बताइएको छ ।

पछिल्लो समय संघीय समाजवादी फोरम नेपालले संघीय गठबन्धनलाई प्राथमिकता दिने र सद्भावनाले महागठबन्धन निर्माण गर्ने भन्ने विषयले मोर्चाभित्र दरार उत्पन्न भएको विश्लेषण भइरहेको छ । मोर्चामा आवद्ध दलका नेताहरुले तमलोपा अध्यक्ष महन्थ ठाकुर नभएका कारण त्यसबारे आधिकारिक छलफल नभएको बताएका छन् । ठाकुरको उपस्थितिमा मोर्चाले संस्थागत निर्णय गर्ने र निर्णय सबैलाई स्वीकार्य हुने उनीहरुको भनाई छ ।

शरतजीहरु र जेपीजीहरु आउने कुरा मूख्य हो : शुक्ला
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले अध्यक्ष ठाकुरको परामर्श मोर्चाका लागि महत्वपूर्ण हुने बताए । शुक्लाले भने, ‘उहाँ आएपछि मोर्चा औपचारिक छलफलमा लाग्ने छ, सरकारले कहिले वार्ताका लागि बोलाउँछ थाहा छैन ।’ शरत जी, जेपीजीहरु बाहिर हुनुहुन्छ । शरतजीले यसअघि नै संघीय गठबन्धनमा बस्ने सहमति जनाइसक्नु भएको छ । शुक्लाले थपे, ‘मोर्चा विभाजित छैन ।’ नामाकरण जे भएपनि संस्थागत निर्णय नै महत्वपूर्ण हुन्छ ।

उपेन्द्रको छुट्टै र राजेन्द्रको छुट्टै गठबन्धनको विषय के हो ? शुक्लाले भने,‘मोर्चामा चार पार्टी छन्, मत मतान्तर हुन्छ नै, शरतजीहरु आए संसदमा समेत गठबन्धन हुन्छ ।’ संस्थागत निर्णय राजेन्द्र महतोले समेत नकार्न सक्दैनन् । संस्थागत निर्णयपछी त्यसबारे टुंगो लाग्छ । संघीय गठबन्धन अहिले पनि छ । जहाँ ९ दल छन् । शुक्लाले संसदमा अब १२ दलीय गठबन्धन बन्ने र बाहिर १५ दलीय गठबन्धन बन्न लागेको जानकारी दिए । उनले भने,‘संसदको गठबन्धनमा शरतसिंह भण्डारी, यशोदा लामा, हरिचरण शाह, रामकुमार राई, रुक्मिणी चौधरीको दलसमेत सहभागि हुँदैछ ।’ बाहिर बन्ने गठबन्धनमा संसदमा नभएका दलहरु समेत सहभागि हुनेछन् ।   
 

महागठबन्धनको प्रस्ताव मोर्चामा आएको छैन : राई
संघीय समाजवादी फोरमका नेता अशोक राईले महागठबन्धन बनाउने प्रस्ताव मोर्चामा नआएको बताएका छन् । राईले भने,‘संघीय गठबन्धन अहिले पनि छ, जसमा ९ वटा दल छन् ।’ शरतसिंह भण्डारी, यशोदा लामाहरु आउने कुरा सत्य हो । महागठबन्धन गर्ने मोर्चाको निर्णय होइन, ‘राईले थपे’, ‘राजेन्द्र महतोले जेपी गुप्तासंग छलफल गर्दा उठाउनु भएको विषय हो ।’ यदी महागठबन्धन बनाउने भए मोर्चामै प्रस्ताव आउँछ । राईले भनेका छन्, ‘मोर्चामा दुई ध्रुब देखिएको भन्ने हो भने अहिले आन्दोलनको नेतृत्व गरिरहेका चार दल छन्, चार ध्रुब भन्न नमिल्दैन ।’
 

संसद बाहिर रहेका जेपी गुप्तालाई ल्याउँछौ : सुमन
सद्भावना महामन्त्री मनीष कुमार सुमनले संसदमा नरहेका जयप्रकाश गुप्तालाई ल्याउन गठबन्धनको अभ्यास भइरहेको बताए । मोर्चामै छलफल भइसकेकाले सदनमा र बाहिर एक साथ दबाब दिनका लागि गठबन्धनमा सबैलाई समेट्ने विषयमा उपेन्द्र यादव विपरित नफर्किने सुमनको धारणा छ । सुमनले भने,‘गठबन्धनको नाम जे पनि हुन सक्छ, संस्थागत रुपमा साझा आन्दोलनको आह्वानमा कोही विपरित फर्किदैन ।’ सुमनका अनुसार उपेन्द्रले झन् सवै पहिचानवादी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रस्ताव गरेका छन् । सुमनले भने, ‘उपेन्द्रकै नाम जोडिएको संघीय गठबन्धनमा हामी अहिले पनि छौं ।’ अहिले क्रियाशील संघीय गठबन्धनमा ९ वटा दल छन् । सुमनले पहिलो चरणमा मधेस केन्द्रीत दल र दोस्रो चरणमा अन्य पहिचानवादी आउने बताएका छन् ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ