arrow

विश्वकप क्रिकेटमा छनौट भएका क्रिकेट खेलाडी स्वदेश फर्किए; उपप्रम थापाले दिए बधाई

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2133019836.jpeg
काठमाडौँ। मलेसियामा सम्पन्न अन्डरनाइन्टिन क्रिकेटमा आयरल्यान्डलाई तीन विकेटले जितेर आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भइ नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ। स्वदेश फर्किएका खेलाडीहरुलाई खेल अधिकारीहरुले स्वागत गरेका छन्। 
 
उपप्रधानमन्त्री कमल थापाले विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति बधाई ज्ञापन गर्नुभएको छ । परराष्ट्रमन्त्री समेत रहनुभएका थापाले विश्वकप क्रिकेटमा प्रवेश गरेका सम्पूर्ण क्रिकेट खेलाडी, खेलपदाधिकारी र खेलप्रेमीप्रति बधाई ज्ञापन गर्दै विजयादशमीका दिन १९ वर्षमुनिका क्रिकेट खेलाडीले मलेसियामा हासिल गरेको सफलताबाट राष्ट्रवासीलाई हर्षित तुल्याएको र मुलुकको गरिमा बढेको बताउनुभयो । 
 
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बिहीबार बधाई दिँदै क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको र क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ