arrow

'सुबिसु क्यान इन्फोटेक २०१८' माघ ११ गते देखि भृकुटीमण्डपमा

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
can.JPG

काठमाडौँ  । विश्वका अन्य मुलुकसँग सूचना तथा सञ्चार प्रविधिको अनुभव साटासाट गरी नेपालमा पनि प्रविधि तथा पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिइएको छ ।

यही माघ ११ देखि भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा आयोजना गरिन लागेको सुविसु क्यान इन्फोटेक–२०१८ को प्रविधि मेलाको तयारीका बारेमा जानकारी दिन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहने बताइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीको सहभागितामा मेलाले नेपाली सूचना प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको क्यान महासंघका अध्यक्ष विनोद ढकाल बताउँछन् ।

उनका अनुसार यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइनेछ । मेलाले व्यवसायीलाई व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई नौलो प्रविधिको प्रदर्शनी गर्ने मौकासमेत प्रदान गर्नेछ । साथै अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यस पटकको मेलाको शिर्ष प्रायोजन सुविसु केबलनेट र एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम रहेको छ ।  त्यस्तै प्लाटिनम स्पोन्सर वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर नेपाल टेलिकम र टि.पी लिंक  गोल्ड स्पोन्सरहरु हुवावे,  एम.आई. स्मार्ट फोन र महालक्ष्मी मोबाईल , सिल्भर स्पोन्सरहरु नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस कर्पोरेशन (नेपाल) प्रा.ली   रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– नबिन डिस्ट्रिब्युटर्स प्रा. ली रहेको छ ।

अफिसियलहरुमा बैंक सन्राइज बैंक, ईन्स्योरेन्स प्रडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी. सुबिसु,  अनलाईन टिकेटिङ्ग एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, एस.एम.एस.मा स्प्यारो एस.एम.एस. र क्रियटिभ विटी प्रिन्टिङ्गस् रहेका छन् ।

मुख्य प्रदर्शन कक्षमा ४९ वटा ठूला र हल बाहिर पाँचवटा ब्राण्डिङ प्रदर्शनी कक्ष, ओपन स्पेश १४ तथा फुड कक्ष १० तथा अन्य गरी कूल २२२ कक्ष रहने जानकारी दिइयो ।

मेलामा सनराइज बैंकले टिकट लिई प्रवेश गर्ने दर्शक तथा क्रेतालाई ४०० प्रतिशतसम्म क्यास ब्याक अफर प्रदान गर्ने भएको छ ।

सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।

महासंघका महासचिव रञ्जीतकुमार पोदारले मेलाका लागि छुट्टै प्याभिलियन कक्ष राखेको, सफ्टवेर प्याभिलियनका लागि ४४ वटा कक्षलाई विशेष सहुलियतमा उपलब्ध गराइएको बताए ।

सुविसुका अध्यक्ष सुधीर पराजुलीले आगामी दिनमा देशका सातवटा प्रदेशमध्ये चारवटा प्रदेशमा यस्ता मेला आयोजना गरिने जानकारी पनि दिए ।

उनले सूचना र सञ्चार प्रविधिलाई पूर्वाधारका रुपमा विकास गर्न अन्य मुलुकसंग अनुभव साटासाट गर्नुपर्ने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ