arrow

एमाले–माओवादी भाँड्न प्रदेश ६ काफी 

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
uml-province-6.jpg

 काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच जसरी चुनावी एकता भएको थियो त्यसरी नै पार्टी एकता हुन्छ भनेर सोच्नु अलि बढी नै मुख्र्याई हुने देखिएको छ । चुनावी एकता त स्थानीय तहको निर्वाचनमा काँग्रेससंग पनि भएको थियो माओवादीको । 

प्रतिनिधिसभाको निर्वाचनमा पनि काँग्रेसले विपक्षी दलका नेता विशेषसंग सहयोगी एकता गरेको थियो । त्यो सीमित समयका लागि मात्र हो । चुनावपछि माओवादीसंग ठाएँठाउँमा भएको एकताजस्तै बिलाएर जान्छ । 

कम्युनिष्ट गठबन्धनमा भने एजेन्डामा पनि धेरैहदसम्म समानता छन् । समानता छैनन् त कुर्सीमा पुग्ने कामका लागि मात्र । 

तसर्थ त्यही कुर्सीको खेलले नै एमाले र माओवादीबीच एकता भाँडिन सक्छ । पार्टी एकता गर्नुपर्छ भन्ने छ तर कुर्सीको दौडले भने निकै असर पारेको हुन्छ । 

अहिले प्रदेश ६ मा सरकार गठन गर्न फेरि सकस देखिँदैछ । एमालेले प्रदेश १ र ३ मा जस्तै ६ मा पनि एक्लै सरकार गठन गर्ने हैसियत रहेको भन्दै नेतृत्व नछाड्ने अडान लिएपछि अहिले धेरैको ध्यान ६ नम्बरमा पुगेको छ । 

सोमबार एमाले प्रदेश संसदीय दलको बैठकले सरकारको नेतृत्व नछाड्ने भन्दै भागबण्डा गर्नुपरे अरु प्रदेश छाड्न पार्टी नेतृत्वलाई आग्रह गरेको छ । 

४० सदस्यीय ६ नम्बर प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ जना सदस्य छन् ।

 प्रदेश ६ मा एमालेबाट यामलाल कँडेल र प्रकाश ज्वाला मुख्यमन्त्रीका आकांक्षी छन् । माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारीले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । 

यहाँ तालमेल नगर्ने एमालेको निर्णयले केन्द्रमा समस्या पार्ने देखिएको छ । 

सानासाना समस्या मिलाउन एमाले र माओवादीलाई सकस भइरहेको छ । यसकै कारणले काँग्रेसको सत्ता पनि लम्बिने देखिएको छ । 

किचलो जताततै गर्ने अनि सत्ता छाडेन काँग्रेसले पनि भन्ने । 

काँग्रेसका एक नेता भन्छन्, ‘एमाले र माओवादी केन्द्रको पार्टी एकता भएको अर्को दिन काँग्रेसले सत्ताको साँचो बुझाएर बाहिरिन्छ ।’

कतै एमाले–माओवादी एकता आन्तरिक कारणले नै भाँडिने त हैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ