arrow

राष्ट्रिय सभा चुनावका लागि राप्रपाले बनायो तीन मन्त्रीको समिति, रणनीति के होला ?

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
RPP_news2.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा निर्वाचनको प्राविधिक लगायतका विषय टुंगो लगाउन ३ सदस्यीय समिति गठन गरेको छ ।

निर्वाचन आयोगले मनोनय दर्ताको समय तोकेको एक दिन अघि राप्रपाले कुन् कुन् प्रदेशमा उम्मेदवारी दिने ?, कुन–कुन् दलसँग तालमेल गर्ने ? र जित सुनिश्चित भए पनि नभएपनि अर्थात् आफ्नो मत मात्रै सदुपयोग गर्न उम्मेदवारी दिने कि नदिने भन्ने विषय टुंगो लगाउन तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा महिला बालबालिका मन्त्री विक्रम थापा, आपूर्ति राज्यमन्त्री सुशील श्रेष्ठ र सहरी विकास राज्यमन्त्री कुन्ती कुमारी शाही सदस्य छन् ।

मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले फागुनमा हुने केन्द्रीय परिषद बैठकका लागि उपाध्यक्ष राजीब पराजुलीको संयोजकत्वमा आयोजक समिति बनाएको छ । र, बैठकले परिषदमा पेश गर्ने विभिन्न ६ वटा विषयगत कार्यपत्र टुंगो लगाएको छ । संगठन सुदृढिकरण, प्रशिक्षण, हिन्दु राष्ट्र र हिन्दुत्व जागरण, जनवर्गीय संगठन परिचालन लगायत कार्यपत्र रहने बताइएको छ । यस्तै, परिषद बैठक अघि सबै जिल्लामा भेला गर्ने निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ