arrow

प्रदेश कार्यालय सञ्चालनका लागि भौतिक पूर्वाधार उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
local-development-ministry-and-federal-affair.jpeg

काठमाडौँ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आफ्ना मातहतका स्थानीय तहमा रहेका कार्यालयलाई निर्देशन गरेको छ ।

प्रदेश सरकार सञ्चालनका लागि स्थायी संरचना नबनेसम्मका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आफ्नो मातहतका स्थानीय तहलाई आज निर्देशन गरिएको मन्त्रालयका कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका शाखा अधिकृत रवीन्द्रजंग थापाले जानकारी गराए ।

मन्त्रालयले चाँडै नै निर्णय बमोजिमको कार्यालय उपलब्ध गराउन प्रदेश मुकाममा रहेका स्थानीय तहलाई निर्देशन गरेको हो । प्रदेश कार्यालय नयाँ भएकाले अहिले अन्तरिम व्यवथापनका लागि मन्त्रालयले स्थानीय तहका केही कार्यालयबाट प्रदेश कार्यालय सञ्चालनका लागि भवन उपलब्ध गराउन निर्देशन गरेको हो ।

उहाँले जिल्ला समन्वय समिति, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेश मन्त्रालय सञ्चालनका लागि आवश्यक भवन र संरचना उपलब्ध गराउन निर्देशन दिएको बताए । स्थानीय तहले आफूसँग भएको कार्यालका भवन प्रदेश कार्यालय सञ्चालनका लागि दिनुपर्नेछ ।

स्थानीय तहले क्षेत्रीय प्रशासक कार्यालयले प्रमुख जिल्ला अधिकारीसँगको संयोजनमा ती भवन र संरचनाको प्रदेश कार्यालय सञ्चालन गर्नका लागि वैकल्पिक व्यवस्थापन गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ