arrow

काँग्रेसको गाँउ तथा नगरस्तरको अधिवेशन सुरु, नेतृत्वका लागि अधिकाँश ठाउँमा मतदान हुदैं

युवा आकांक्षीहरु बढी

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
13th-congress.png.png.png.png
काठमाडौं । नेपाली कांग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन आज शुक्रवार देशैभरी एकसाथ सुरु भएको छ ।(शुक्रबार) आजको अधिवेशनले काँग्रेसको गाउँ, नगर वडा र नगर कार्यसमिति गठन गर्ने र क्षेत्रिय प्रतिनिधि चयन गर्ने छ । तिनै क्षेत्रिय प्रतिनिधिले माघ २२ गते हुने निर्वाचन क्षेत्रस्तरको क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएकाले यसलाई केन्द्रीय नेताहरुले पनि चासोका साथ हेरेका छन् । 
 
कतिपय ठाउँमा त स्थानीय अधिवेशनमा प्रभाव पार्नका लागि केन्द्रीय तहका नेताहरु नै पुगेका छन् । 
 
काँग्रेसको १३औं महाधिवेशनको सवै भन्दा पहिलो खुड्कीलोको रुपमा रहेको गाँउ तथा नगर अधिवेशनमा आज (माघ १५ गते) देशैभरी ४ लाख ७० हजार ६ सय ५५ जनाले भाग लिदै छन् । त्यसका लागि काँग्रेसका क्रियाशिल सदस्यहरु आ आफ्नो सदस्यता रहेका ठाउमा गएका छन् । तल्लो तहमा समेत नेतृत्वका आकांक्षीहरु बढेकाले अधिकाँश ठाउहरुमा निर्वाचन हुने देखिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 
 
अघिल्ला अधिवेशनहरुमा सहमतिमा नेतृत्व चयन हुने गरेका ठाउहरुमा पनि यसपटक मतदान नै हुने अवस्था आएको नेताहरुको भनाई छ । नेतृत्वका लागि युवापुस्ता बढी सक्रिय देखिएका छन् भने कतिपय पुराना नेताहरुले पनि नेतृत्वका लागि कसरत गरिरहेका छन् । गाँउ तथा वडास्तरबाट छानिनका लागि पनि सामाजिक संजालहरुको प्रयोग समेत बढेको छ । केहीदिनदेखि सामाजिक संजालहरुमा आफु र आफ्नो समर्थन रहेकाहरुलाई मतदानका लागि आह्वान गर्ने क्रम तिव्र भएको छ । 
 
काँग्रेस नेताहरुमा चुनावको रौनकता बढेपछि गाँउ गाँउमा चहलपहल बढेको छ भने कुनै ठुलै पर्व आएजस्तो महशुष गाँउलेहरुले गरेका छन् । देशभरका तिन हजार एक सय ६५ गाविस र दुई सय १७ नगरपालिकाका तिन हजार ९० वडामा निर्वाचन हुने भएको छ । तराईमा पनि अधिवेशनको तयारी राम्रोसंग भईरहेको तराईमा रहेका काँग्रेस नेताहरुले बताएका छन् । मधेशमा आन्दोलनगरीरहेका दलहरुले अधिवेशनमा असहयोग गर्ने हुन की भन्ने आशंका गरिएपनि अधिवेशन गर्न भने कुनै बाधा नदेखिएको नेताहरुले बताएका छन् । अहिले सम्म अवरोधको कुनै समाचार नआएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 
 
प्राविधिक कारणवश (शुक्रबार) आज अधिवेशन हुन नसकेका ठाउहरुमा भोली शनिवार निर्वाचन गराउने तयारी भईरहेको पनि कार्यालयले स्पष्ट पारेको छ । हरेक गाउ तथा नगरको लागि सभापति, सचिव, कोषाध्यक्ष एक एक जना र ८ जना सदस्यको चुनाव हुने छ भने निर्वाचित सदस्यहरु मध्येबाट उपसभापति, सचिव र सहसचिव एक एक जना सभापतिले मनोनयनको प्रस्ताव गरि कार्यसमितिबाट पारित गराउनु पर्नेछ । त्यस वाहेक वाँकी ७ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ । सदस्यहरु निर्वाचन गर्दा र मनोनित गर्दा समावेशी सिद्धान्त अप्नाउनु पर्नेछ । यसरी गाँउ तथा हरेक नगरवाडको कार्यसमिति कुल २१ सदस्यीय हुने छ । नगरसमिति पनि सोही प्रक्रियाबाट बन्ने छ। 
 
क्षेत्रस्तरको अधिवेशन भने माघ २२ र जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गते देखि २३ गते सम्म गर्ने तय भएको छ ।  काँग्रेसको बाह्रौ महाधिवेशन यसअघि २०६७ असोज ५ गते सम्पन्न भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ