arrow

लागुऔषध कारोबारमा संलग्नलाई मुद्धा चलाइयो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ माघ १० बुधबार
drug.jpg

पाँचथर । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचथरको फिदिमबाट एक यूवकलाई पक्राउ गरी मंगलबार मुद्धा चलाएको छ ।

फिदिम बजार तथा आसपासका क्षेत्रमा लागु औषध बिक्रिबितरण तथा सेवन भईरहेको भन्ने सुचनाको आधारमा प्रहरीले फिदिम नगरपालिका वडा नम्बर २ बाट फिदिम नगरपालिका १० वस्नै युरोप जवेगुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई लागु औषध मुद्धामा  म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।

उनको साथ बाट NTTROSUM 10 -NITRAZEPAM TABLET SIP १३ थान समेत बरामत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ