arrow

४ वटा प्रदेशबाट १२ महिला निर्विरोध, कोमल वलीदेखि सरिता प्रसाईसम्म (नामावली)

logo
प्रकाशित २०७४ माघ १० बुधबार
komal-sarita.png

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयन दर्तापछि चार प्रदेशमा १२ महिला सदस्य निर्विरोध देखिएका छन् । सात वटै प्रदेशबाट निर्वाचित हुने ५६ मध्ये महिला समूह (क्लष्टर)बाट मात्रै २१ सदस्य निर्वाचित हुने छन् । यद्यपि, मनोनय दर्ताकै दिन आधा बढी सदस्य निर्विरोध भएका छन् ।

संविधानले नै एउटा प्रदेशबाट ३ महिला अनिवार्य गरेको छ । यस्तै, दलित, अपाङ्ग वा अल्पसंख्यकमा पनि महिला आउन सक्ने बाटो खुला नै छ । जित पक्का भएका पार्टीहरुले एक–एक जना उम्मेदवार उठाएपछि १२ महिला सदस्य निर्विरोध हुन पुगेका हुन् ।

मनोनयनको भोलिपल्ट उम्मेदवारी फिर्ता तथा दावी विरोध पेश गर्ने निर्वाचन कार्यतालिका छ । उनीहरु अहिले नै निर्विरोध चयन भएको औपचारिक घोषणा गर्न नमिल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । एकल उम्मेदवारी परेकाले १२ सदस्य निर्विरोध हुने पक्का भएको छ ।

को–को भए निर्विरोध ?
प्रदेश १
नैनकला ओझा ( एमाले )
विना पोखरेल (माओवादी)
सरिता प्रसाईं ( कांग्रेस)

प्रदेश २
शशीकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस )
प्रमिला कुमारी (फोरम )

प्रदेश ५
कोमल वली (एमाले )
मीना बुढा (माओवादी)
अनिता देवकोटा (कांग्रेस)

प्रदेश–७
तारादेवी भट्ट (कांग्रेस )
कमला ओली (एमाले )
ईन्दु कडरिया (माओवादी )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ