arrow

चिसोले मोर्चा कार्यकर्ता लागे आगो ताप्न, रक्सौल बोर्डरबाट मालवाहक गाडी नेपाल प्रवेश

झुक्याउने खेल एकै छिनमा चैट

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
raksaul-new.jpg.jpeg
पर्सा । प्रमुख भारतीय भन्सार नाका वीरगन्जबाट मालवाहक ट्रक नेपाल छिरेपछि तनाव भएको छ । मितेरीपुलको धर्नास्थलमा एक जना पनि मोर्चा कार्यकर्ता नभएको मौका पारेर रक्सौल भन्सारले गाडी नेपाल पठाएको हो । अहिले फेरि मोर्चा कार्यकर्ताले धर्ना जारी राखेपछि बोर्डर बन्द भएको स्थानीय पत्रकार कुवेर गौतमले जानकारी दिए । जाडेका कारण मोर्चाकार्यकर्ता आगो ताप्न हिँडेपछी धर्ना स्थल खाली भएको मौकामा विहान भारतीय भन्सारले जाँचपास गरेका मालवाहक वाहन वीरगन्ज पठाएको हो । 
 
मोर्चाकार्यकर्ताले फेरि कडाई गरेपछि नेपालतर्फ आउने गाडीहरु रक्सौलमै अड्किएका छन् । मोटरसाइकल भने इन्ट्री र पासमा ओहोर दोहोर गरिरहेका छन् । रक्सौल भन्सारले प्रक्रिया पुगेका पाँचवटा मालवाहक वाहन वीरगन्ज नाकाबाट भित्रिए ।  मितेरीपुलमा धर्ना दिने आन्दोलनकारी नभएको मौकामा बिहान ८ः३० बजे पाँचवटा ट्रकमा भरिएको औद्योगिक कच्चापदार्थ र उपकरण नेपाल भित्रिएको हो । 
 
रक्सौल भन्सारले जाँचपास गरेको ना १ ख ९७३६, ना १ ख ६७२५, ना १ ख २८९४, ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरको मालवाहक ट्रक भित्रिएको वीरगन्ज भन्सारका सूचना अधिकृत सुशील शर्माले जानकारी दिए । शर्माले नाकामा आन्दोलनकारी नभएको मौका छोपेर लामो समयदेखि वीरगन्जमा थन्किएका सातवटा भारतीय वाहनलाई समेत रक्सौल पठाइएको बताए । नाकाबन्दीले वीरगन्जमा लामो समयदेखि अलपत्र परेका एन.एल ०१ डी ६८०८, एन एल ०१ डी ६८११ र एन एल ०१ डी ६८३८ नम्बरलगायतका भारतीय खाली ट्रक रक्सौल पठाएको भन्सारले जनाएको छ । भारतबाट मालसमान बोकेका वाहन वीरगन्ज भित्रिए र वीरगन्जको ट्रक रक्सौल पुगेपछि पुनः आन्दोलनकारीले नाका अवरुद्ध गरेको प्रहरीले जनाएको छ । 
 
आन्दोलनकारीले नाकालाई अवरुद्ध पारेका छन् । असोज ७ गतेदेखि मधेस केन्द्रीत दलले नाकामा धर्ना सुरु गरेपछि पहिलोपटक भन्सारले जाँचपास गरेका वाहनमा शुक्रबार मात्रै मालसामान भित्रेको वीरगन्ज भन्सारले जनाएको छ । यसअघि, केही दिन पहिले भारतीय भन्सारले पास सिस्टममा मोटरसाइकल चल्न दिएको छ । यस्तै, ठेला, रिक्सा, टाँगा तथा भरीयाले निर्वाध सामान ओसारीरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ