arrow

भारतको गणतन्त्र दिवसमा चीनद्वारा शुभकामनाको सट्टा धम्की !

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
india_sikkim_china1.jpg

काठमाडौं । सामान्यतया दुईदेशीय सम्बन्धमा जस्तो सुकै तिक्तता आएपनि स्थापना दिवस, स्वतन्त्रता दिवस जस्ता राष्ट्रिय पर्वहरुमा तिक्तताहरुलाई लुकाएर दुईदेशीय समकक्षीहरुले एक अर्कालाई शुभकामना दिने परिपाटी छ । तर, भारत र चिनियाँ सेनामा भने यस्तो भेटिएन । बिहीबार मात्रै चीन र भारतबीच केही महिना अघि रोकिएको सीमा विवादमा चिनियाँ सेनाले भारतीय सेनालार्इ चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर भुटानसँग चीनको विवाद नरहेको र त्यो भूमि चीनको नै रहेको दाबी गर्दै भारतलार्इ चेतावनी दिएको हो । 

भारतले दिएको यस्तो चेतावनी कस्तो दिनमा थियो भने त्यसैको भोलिपल्ट भारतले आफ्नो ६९ औं गणतन्त्र दिवस मनाउने तयारी गरिरहेको थियो । शुक्रबार भारतले आफ्नो ६९ औ गणतन्त्र दिवस मनार्इरहेको छ ।प्रतिकात्मक रुपमा यो पत्रकार सम्मेलनले भारत र चीनबीचको दुईदेशीय तिक्तता अझै पनि सतहमा नै रहेको पुष्टि गरेको छ । गणतन्त्र दिवसमा चीनले दिएको यो चेतावनी र धम्कीपूर्ण अभिव्यक्तिमा भारतीय जनता र भारतीय सेनालाई त्रासमा राख्ने प्रयास भएको देखिन्छ । 

केही दिन अघि भारतीय सेना प्रमुख जनरल बिपिन रावतले केही दिन अघि दोक्लाम अहिले पनि एउटा विवादित क्षेत्र रहेको जनाएका थिए । तर, उनले अभिव्यक्ति दिएको समयमा चीनबाट कुनैपनि प्रतिक्रिया आएको थिएन । त्यही प्रतिक्रियालाई गणतन्त्र दिवसको अघिल्लो दिन चेतावनीपूर्ण भाषामा चिनियाँ सेनाले ७३ दिनसम्म चलेको सीमाको गतिरोधबाट भारतले सबक सिक्नुपर्ने बताएका छन् । खास कुरा यो हो कि विपिन रावतको अभिव्यक्तिपछिको यो चिनियाँ सेनाको पहिलो टिप्पणी हो । 

चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्नल वू कियानले बिहीबार भने, 'डोकलाम चीनको हिस्सा हो।' केही दिन पहिले मात्रै जनरल रावतले भनेका थिए कि भारतले पाकिस्तानको सीमासँग राखेको फोकसलाई चिनियाँ सीमा तर्फ सिफ्ट गर्नुपर्ने देखिएको छ । उनले यो पनि भनेका थिए कि चीनले पनि वास्तविक नियन्त्रण रेखामाथि दबाव बनाउने प्रयास भइरहेको छ। 

१२ जनवरीमा आर्मी चीफले भनेका थिए, 'चीनको पीपल्स लिबरेशन आर्मीले उत्तरी डोकलामको इलाकामाथि कब्जा गरेको छ। गतिरोध स्थलबाट दुबै पक्ष पछि हटेका छन् । सो स्थलमा निगरानी चौकिहरु बाँकी नै छन्। यस क्षेत्रलार्इ लिएर भुटान तथा चीन बीच विवाद कायमै छ।' यस अभिव्यक्तिमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन्, 'भारतीय पक्षको अझैपनि आफनो सीमा मिच्ने प्रयास गरिरहेको छ।' उनले भनेका छन् कि भारतीय पक्षले यस अघिको घटनाबाट सबक सिकेर आगामी दिनमा अघि बढ्नु पर्छ।'  

पछिल्लो वर्ष भारतीय सैनिकले विवादित डोकलाम क्षेत्रमा चिनियाँ सैनिकलार्इ सडक बनाउन रोकेको थियो। ७३ दिनसम्म भारत तथा चीनका सैनिकहरु आमने(सामने थिए । २८ अगस्टमा दुबै देशले आफूआफूले जीतको स्वघोषणा गर्दै जाडो लागेपछि पछि हटेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ