arrow

रिपोर्ट भन्छ : 'भारत धेरै गफाडी, पछिल्लो वर्ष विश्वसनीयतामा गिरावट'  

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
india-map-and-flag-1310791.png.png

काठमाडौं । भारत यस वर्षपनि सरकार, कारोवार, स्वयंसेवी संगठन तथा मिडियाको मामलामा सबैभन्दा भरोसा गर्न नसकिने देशको रुपमा देखिएको छ । विश्व आर्थिक मञ्चसँगको सहकार्यमा एक स‌ंस्थाले तयार पारेको तथ्यांक अनुसार भारत अघिल्लो वर्षको तुलनामा यो वर्ष भरोसा गर्ने आधार घटेको हो । 

विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को शिखर बैठकको ठीक अघिल्लो वर्ष २०१८ मा प्रकाशित उक्त सर्वेक्षण जनसम्पर्क तथा सल्लाहकार संस्था एडलमेन ट्रस्ट ब्यारोमीटरले जारी गरेको हो । सर्वेक्षणमा भनिएको छ कि यी चार क्षेत्रमा वैश्विक स्तरलार्इ आधार मानेर हेर्दा पुरानो मुलुकहरुको विश्वासको स्तर अघिल्लो वर्षको समान रहेको देखिएको हो । 

विश्वका कूल २८ देशलार्इ अध्ययन क्षेत्र बनाएको सो संस्थाको रिपोर्टका अनुसार २० देश भरोसायोग्य नरहेको उल्लेख गरेको छ । भरोसा गर्न नसकिने देशमध्ये यो वर्ष एक देश थपिएका छन्। सर्वेक्षणका अनुसार, चीन जनताको बीच जानकारी तथा आम जनसंख्या दुबै श्रेणीमा भरोसा सूचकांक क्रमशस् ८३ तथा ७४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । भारतको अंक क्रमशस् ७७ तथा ६८ अंकका साथ तेस्रो स्थान। तेस्रो स्थानमा इन्डोनेशिया रहेको छ ।

रिपोर्ट के अनुसार, ‘चीनको भरोसा सूचकांक अंक भारत, संयुक्त अरब इमिरेट्स, इन्डोनेशिया तथा सिंगापुरका साथ लगभग मिल्दो जुल्दो रहेको छ । सर्वेक्षणको अनुसार, भारत त्यो ६ देशको सूचीमा परेको छ जसको भरोसा पछिल्लो एक सालको बीचमा सर्वाधिक गिरावट भएको छ । भरोसामा सबैभन्दा कमि आएको मामलामा अमेरिका पनि अगाडि रहेको छ । 

अमेरिकाको भरोसा सूचकांकमा ३७ अंकको गिरावट आएको छ । यसपछि इटलीको भरोसा सूचकांकमा २१ अंक, ब्राजिल तथा दक्षिण अफ्रिकाको समान १७ अंक तथा भारत तथा कोलम्बियामा समान १३ अंकको गिरावट आएको छ । सर्वेक्षणका अनुसार वैश्विक स्तरमा पहिलो पटक मिडिया सबैभन्दा कम भरोसाविहीन संस्थान बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ