arrow

वाम गठबन्धनका नाममा दक्षिणपन्थिहरुको एकता : सिपी गजुरेल

logo
जीवन शर्मा,
प्रकाशित २०७४ माघ १२ शुक्रबार
cp3.jpg

ओखलढुंगा ।  नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष  सिपी गजुरेलले वर्तमान वाम गठबन्धनका नाममा दक्षिण पन्थीहरुको एकता भएको बताएका छन् । शुक्रवार ओखलढुंगामा पत्रकारहरुसंग कुरा गर्दै नेता गजुरेलले एमाले माओवादी केन्द्रबीचको गठबन्धन वामन्थी नभइ दक्षिणपन्थी भएको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टीबीचको गठबन्धन वाम नभइ दलाल, भ्रष्टाचारहरुको संरचना मात्र भएको आरोप लगाए  ।

नेकपा क्रान्तिकारी माओवादीको संगठन विस्तार तथा जिल्ला भ्रमणमा ओखलढुंगा आएका गजुरेलले  एमाले र माओवादी दुवै वाम नभएकाले यो गठबन्धनले दक्षिणपन्थीलाई फाइदा पुगको बताए । प्रदेशको चुनावमा जनमत बाट चुनीएका सांसदहरु नै सफत खानेवेलामा भूमिगत हुने, जेल सजाए तोकीने जस्ता काण्डहरुले नै यो गठबन्धन दलाल र भ्रष्टाचारीहरुको संगठन भएकाले यसलाई वाम अथवा कम्यूनिष्ट भन्न नमिल्ने उनको तर्क छ ।  विदेशीको पौसाले जनतालाई किनेर चुनावी परिणम लाइ आफ्नो पक्षमा ल्याउँने तर विदेशीहरुले नेपालको भुगोलमाथी धावा बोल्दा चुप लाग्ग्ने कुनैपनि हालतमा कम्यूनिष्ट हुन नसक्ने उनले दावी गरे ।  

राष्टियता, भ्रष्टाचार अन्त्य, र वेरोजगारीहरुको समस्या समाधानका लागि आफुहरुले संघर्ष गरिरहेको भन्दै उनले वर्तमान संविधान नै अग्रगमनको पक्षमा नभएको समेत आरोप लगाए । आफुहरु जनगणतन्त्रको पक्षमा उभिएकाले लोकतान्त्रिक गणतन्त्रलाइ कुनै हालतमा स्वीका नगर्ने बताए । वाम गठबन्धल भनेर जनता लाई झुक्याएको भन्दै उक्त दक्षिणपन्थी गठबन्धन एकतामा परिणत हुने तर लामो समय रहीनरहने समेत जगुरेलले दावी गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ