arrow

अमेरिकाको बिभिन्न भागमा नेपाली तराइ समुदायले गठन गर्‍यो नयाँ समिती

logo
प्रकाशित २०७४ माघ १३ शनिबार
ANTi-america.jpg

अमेरिका । संयुक्त राज्य अमेरिका भरी नै संगठन बिस्तारमा रहेको नेपाली तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका) ले केन्टकी र ओहायोलाई समेटेर नेपाली तराइ समुदाय अमेरिका-केन्टकी-ओहायो शाखा तथा कन्सास र मिजौरीलाई समेटेर नेपाली तराइ समुदाय अमेरिका-कन्सास-मिजौरी शाखा गठन गरेको जनाएको छ ।

नव गठित नेपाली तराइ समुदाय केन्टकी-ओहायो शाखा कार्यसमितीको अध्यक्षमा लक्ष्मी मण्डल, उपाध्यक्ष मती कुमारी ईन्द्रकान्ता (झा), राजिव सिंह, मृदुला गुप्ता रअेका छन् । साथै महासचिव  निरज ठाकुर, सहसचिव  भवेश कुमार राउत,
कोषाध्यक्ष मती अनिता मण्डल, सदस्य मती रेखा कण्ठ,  डा. अमित कुमार यादव, जय साह, मती शरला पाण्डेय,  बिजय साह,  बिपुल सिंह रहेका छन् ।  

कन्सास-मिजौरी शाखाका अध्यक्षमा अमित मिश्र, उपाध्यक्षमा राकेश कुमार यादव,अंशुमन चौधरी,दीपेन्द्र शर्मा रहेका छन् । त्यस्तै सचिव  खुस्नन्दन ठाकुर, सहसचिब अमित लाल कर्ण, कोषाध्यक्ष सुमन्त कुमार शर्मा,  सदस्य  प्रमोद कुमार यादव, सुरज कुमार शर्मा, मकेश्वर राय , बसन्त चौधरी, शम्भु साह, रचेल यादव, प्रविन झा, मती मनिषा चौधरी रहेका छन् ।

नेपाली तराइ समुदाय अमेरिका-केन्टकी-ओहायो शाखा गठनको पहल नेपाली तराइ समुदाय अमेरिकाका महासचिव डा. ईन्द्र देव साहुको नेतृत्वमा गत साल दिपावालीको अवसरमा भएको थियो । अमेरिका-केन्टकी-ओहायो शाखा गठनको लागि भएको भेलामा ३५ जना भन्दा बढी ब्यक्तीहरुको सहभागीता भएको थियो।

लक्ष्मी मण्डल र डा. अमित कुमार झाको पहलमा भएको बालबच्चा समेत सम्मिलित उक्त कार्यक्रम मनोरन्जनात्मक हुनुका साथै नेपाली तराइ समुदायलाई एकीकृत गर्ने एउटा अवसर रुपमा लिइएको छ । उक्त कार्यक्रमले केन्टकी र ओहायो राज्यमा छरिएर बसेका नेपाली तराइ समुदायका ब्यक्तीहरुलाई एकअर्को सँग सम्बन्ध बिस्तारै गर्ने, आपसी बिचार  आदानप्रदान गर्न र नेपालको तराइको बिभिन्न बिषयहरु तथा डायस्पोराको बारेमा आफ्नो-आफ्नो धारणा राख्ने अवसर जुटाएको थियो ।

डेटनबाट आएका नेपाली तराइ समुदाय अमेरिकाको संस्थापक तथा हाल सल्लाहाकर डा. प्रमोद कन्ठले उक्त कार्यक्रमको सहभागीहरुलाई स्वागत गर्दै नेपाली तराइ समुदाय अमेरिकाको ईतिहास, उद्देश्य र हालसम्मको उपलब्धिको बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै डिसीबाट नेपाली तराइ समुदाय अमेरिकाका केन्द्रिय  अध्यक्ष विजय कुमार सिंहले फोन गरि सहभागीहरुलाई स्वागत गर्नुका साथै नव गठित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ