arrow

क्यान इन्फोटेकमा 'सगुन' मा झुमिए अवलोकनकर्ता

आइतबार बिजनेश डे

logo
प्रकाशित २०७४ माघ १३ शनिबार
Former_Minister_in_CAN_Infotech_2018.jpg

काठमाडौं ।  सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१८ को तेस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहको छ  ।  शनिवार इन्फोटेकका अधिकांश स्टलहरुमा अवलोकनकर्ताहरुको भिड लागेको छ । सोसियल इकमर्स साइट सगुनले राजधानीमा जारी क्यान इन्फोटेकमा राखेको स्टलमा दर्शकको भिड लागेको छ ।  

 सगुन एप्स डाउनलोड कर्ताहरुको लागि हात खाली नजाने उपहारको व्यवस्था गरेको कारण स्टलमा भिड लागेको हो ।  सगुनले केही दिनअघि भारतको नयाँ दिल्लीबाट एन्डोइड मोवाइल एप सार्बजनिक गरेको थियो । पछिल्लो समय सगुनको मोवाइल एप डाउनलोड गर्नेहरु बढीरहेका छन् ।

कनेक्ट, सेयर र अर्न नारा लिएर आएको सगुनको एपबारे खासगरी युवाहरुको चासो देखिएको छ । सगुनका स्वयंसेवकहरुले मेलामा आउनेहरुलाई मोवाइल एप प्रयोग गर्ने तरिका सिकाइरहेका छन् ।

सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिन्छ । अल इन वन जस्तै छ सगुन एप । अर्थात् माइ डे एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमा समाहित छ ।

 इन्फोटेकमा शनिवार ८४ हजार ३ सय २२ ले अवालोकन गरेका छन् ।

 सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यसहित राजधानीको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक प्रदर्शनीलाई  शुक्रवारसम्म १ लाख ५९ हजार ३ सय २९ जनाले अवलोकन गरेका छन् ।

 शनिवार पुर्व  उर्जा मन्त्री महेन्द्र बहादुर शाही, प्रकाश ज्वाला लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका नेता, कलाकार, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरु सगुनको स्टलमा पुगेका छन् ।  

सार्वजनिक बिदाको दिन भएकाले विद्यार्थी, पेशाकर्मी, व्यापारी एवं उपभोक्ताको बाक्लो उपस्थिति रहेको हो । आइतबार बिजनेश डे भएकाले अवलोकनकर्ता उल्लेख्य संख्यामा आउने अपेक्षा क्यानले लिइएको छ ।


यस इन्फोटेकमा सहभागी कम्पनीले नयाँ–नयाँ प्रविधिसहितका उत्पादन सार्वजनिक गरेका छन् । विशेष गरी इन्टरनेट सेवाप्रदायक स्टलहरू, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरू, ल्यापटप-कम्प्युटरका स्टलहरू, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरू, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, पेनड्राइभ, सीसीटिभीलगायतका स्टल, आइटी ट्रेनिङ इन्स्टिच्युटलगायतका स्टलमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।


आइतबार बिजनेश डे
माघ १४ गते आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा घोषणा गरिएको छ । यस दिन बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सक्नेछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ