arrow

राष्ट्रियसभाका लागि प्रदेश १ बाट को-को भए निर्विरोध

logo
प्रकाशित २०७४ माघ १५ सोमबार

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दुई पदका लागि निर्वाचन हुने भएको छ ।

प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले सोमवार जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा एमालेका परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित भएका छन् ।  

त्यसैगरी, महिलातर्फ एमालेका नैनकला ओझा (मोरङ), नेकपा माओवादी केन्द्रका बीना पोखरेल (मोरङ) र काँग्रेसका सरिता प्रसाईं (झापा) निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यही माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदमा प्रदेश नं १ मा दलित र अल्पसङ्ख्यक गरी दुई पदका लागि चार जना चुनावी मैदानमा छन् । दलिततर्फ एक पदका लागि एमालेबाट खेमराज नेपाली र काँग्रेसबाट विनकुमार विश्वकर्मा चुनावी मैदानमा छन् ।  

त्यस्तै, अल्पसङ्ख्यक-अपाङ्गतातर्फ एमालेबाट अगमप्रसाद बान्तवा राई र काँग्रेसबाट महेशकुमार जाजु चुनावी मैदानमा छन् । यसअघि, अल्पसङ्ख्यक-अपाङ्गतातर्फ राप्रपाका अनुपमादेवी साह र अन्य समूहबाट एमालेका खड्गप्रसाद बस्नेतले आ–आफ्ना उम्मेदवारी फिर्ता लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ