arrow

प्रदेश राजधानीको विषयमा धनकुटामै उच्च स्तरीय वार्ता 

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
dhankuta.png

काठमाडौं । धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन भैरहेको आन्दोलनको विषयमा धनकुटामै उच्चस्तरीय वार्ता हुने भएको छ । 

मन्त्रीपरिषदको सोमबार बसेको बैठकले राजधानीको विषयमा समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्य सचिवलाई निर्देशन नै दिएका छन् । 

 मन्त्रीपरिषदको बैठकमा धनकुटा र काठमाडौंमा प्रादेशीक राजधानी अभियान समितिले धनकुटालाई प्रदेशको राजधानी बनाउन पर्ने माग राख्दै आन्दोलन भैरहको विषयमा उद्योग मन्त्री सुनिलबहादुर थापाले जानकारी गराउँदै तत्काल धनकुटामा नै गइवार्ता गर्नु पर्ने, आन्दोलनको क्रममा भएको क्षति र घाइतेहरुको विवरण सरकारको तर्फबाट संकलन  गरी भएको क्षति  दिनुपर्ने, धनकुटामा भएको भौतिक पूर्वाधारको पुनः अधयन गरी प्रतिवेदन सरकार समक्ष पेश गर्नुपर्ने, धनकुटामा प्रदेश सभाको बैठक राख्नुपर्ने  माग  धनकुटेली अभियान समितिको रहेको समेत बताए । 

 धनकुटेलीहरुको मागको बारेमा  सबै मन्त्रीहरुले सकारात्मक ढंगले सहयोग गरेको र  प्रधानमन्त्री देउवाले मुख्य सचिव लोकदर्शन रेग्मीलाई धनकुटेलीहरुको माग समाधान गर्ने विषयमा तत्काल पहल गर्न निर्देशन दिएको उद्योग मन्त्री थापाले बताए । 

धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन काठमाडौंमा सोमबार भएको छलफलमा दुई तीन दिनभित्रै वार्ता टोली धनकुटा जाने  छलफलमा मन्त्रीहरुले बताएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ