arrow

नवजात शिशुको हत्या आरोपमा पक्राउ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
नवजात-शिशुको-हत्या.jpg.jpeg
बनेपा । परपुरुषसँग यौन सम्बन्ध कायम गरी नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकमा एक महिलालाई पक्राउ गरेको छ । 
 
पाँचखाल नगरपालिका वडा नं ८ बस्ने माइली तामाङलाई ज्याम्दीमण्डन गाविस–९ स्थित माइती घर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । 
 
प्रहरीको अनुसन्धानबाट आफ्नो श्रीमान् विदेश भएको अवस्थामा यौन सम्बन्ध राखेपछि गर्भ रहेको र यही माघ १२ गते गाविसको जङ्गलमा नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ