arrow

देहरादुनमा ‘ईण्डो नेपाल व्यापार’ मेला सुरु

५ करोड बरबरको कारोबार हुने अनुमान

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ माघ १९ शुक्रबार
indo.jpg

कञ्चनपुर । स्वदेशी बस्तु तथा सेवाको बजार प्रर्बद्धनका लागि नेपाल सरकारले भारतको देहरादुनमा ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव आयोजना गरेको छ ।  उद्योग मन्त्रालय अन्र्तरगतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले नेपाल उद्योग बाणिज्य महासंघ र कञ्चनपुर उद्योग वाणिज्य संघको समन्वयमा देहरादुनमा ‘दोश्रो ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव’ २०१८ को आयोजना गरिएको हो ।

शुक्रबार औपचारिक रुपमा उक्त व्यापार मेलाको उद्घाटन गरिएको छ । व्यापार मेलाको नेपालका तर्फबाट वाणिज्यराज्यमन्त्री नर बहादुर चन्द र भारतका तर्फबाट उत्तराखण्डका मुख्यमन्त्री तृदेब सिह रावतले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन गर्दै वाणिज्य राज्यमन्त्री नर बहादुर चन्दले नेपालको व्यापार घाटा कम गर्नका लागि र नेपाली बस्तुको प्रर्बद्धनका लागि मेला आयोजना गरिएको बताउदै मेलाले नेपाली बस्तुको माग बढ्ने बताए । यस्तै उत्तराञ्चलका मुख्यमन्त्री तृदेब सिह रावलले मेलाबाट दुवै देशको कारोबारमा बृद्धि हुने बताए ।

स्वदेशी बस्तु तथा सेवाको बजार प्रर्बद्धनका तथा भारतसँगको वैदेशिक व्यापार घाटा न्यूनिकरण गर्नका लागि सरकारले भारतको उत्तराखण्ड देहरादुनमा शुक्रबारदेखि ‘ईण्डो नेपाल व्यापार’ मेला आयोजना गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सभापतित्वमा मेलाको औपचारिक रुपमा उद्घान गरिएको छ । अध्यक्ष राणाले मेलाले नेपाली उद्योगी व्यवसायीलाई लाभ भएको बताए । उनका अनुसार नेपाल भारत बीच झण्डै ६६ प्रतिसत भन्दा बढीले व्यापार घाटा भईरहेको अवस्थामा, नेपालले निर्यात बढाउन महोत्सव आयोजना गरेको बताए । देहरादूनमा नेपाली भाषीहरुको उल्लेख्य जनसंख्या भएको बताउदै नेपाल बस्तुलाई माया गर्ने र हामीले उत्पादन गरेका बस्तुलाई उपयोग गर्न देहरादुनबासी उत्सुक रहेको बताए ।

देहरादूनबाट नेपाली उत्पादित वस्तुको निर्यात प्रवद्र्धन गर्न सहज हुने भएकाले सरकारले दोस्रो पटक पनि देहरादुनमा व्यापार मेला आयोजना गरेको अध्यक्ष राणाको भनाई छ ।

   महोत्सवबाट नेपाली वस्तुको प्रचार प्रसार र देहरादुन सँग नेपालको व्यापारिक सम्बन्ध बढ्ने भएका कारण मेलामा उल्लेख्य सहभागिता हुने अपेक्षा लिईएको छ । मेलामा नेपालमा उत्पादित बस्तु÷सेवाको बजार प्रबद्र्धन गर्न, जडिवुटी तथा निकासी जन्य वस्तुको बजार प्रवद्र्धन, साना तथा मझौला उद्योगबाट उत्पादित बस्तुको बजारिकण गर्न र प्रर्दशन गरिएका छन् । साँस्कृतिक उत्पादन, खाद्य वस्तुका परिकारको प्रदर्शन र नेपाली कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन् ।

महोत्सवबाट नेपालको बस्तुको निर्यात बढ्ने समेत अनुमान गरिएको छ । मेलामा ५करोडको कारोबार हुने अनुमान गरिएको छ । सात दिन सम्म संचालन हुने मेलामा नेपाल र भारतका १ सय ५० वटा औद्योगिक व्यापारिक स्टल रहेका छन् ।  नेपाल तर्फ बाट ५० स्टल नि ःशुल्क रुपमा उपलव्ध गराईएको छ । मेला माघ २५ गतेसम्म संचालन हुने हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ