arrow

भूकम्प पिडितको नाममा सकियो १० अर्ब, पीडितको अवस्था उस्तै

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
काठमाडौं ।भूकम्पपछि सिन्धुपाल्चोकमा गैरसरकारी संस्थाहरुले पीडितको नाममा कति रकम भित्र्याए होला अनुमान लगाउन सक्नुहुन्छ? दिनहुँ गाडीमा ओहोरदोहोर गरिरहेका हुन्छन्, संघसंस्थाका प्रतिनिधि। सबैको काम एउटै र उस्तै छ अनि व्यस्तता हेर्दा लाग्छ यो ९ महिनामा जिल्लामा भित्रिएको बजेट र कर्मचारीको संख्या अनि व्यस्तता हेर्दा भूकम्पले उजाड बस्ती पुनर्निर्माण हुन धेरै समय नै लाग्दैन।
 
राजधानी दैनिकमा समाचार छ-सुरुसुरुमा सबै जिल्लाबासीले यस्तो सोचेका थिए। तर भूकम्प गएको ९ महिना हुँदासम्म पनि जिल्लाका भूकम्पपीडितको अवस्थामा केही सुधार हुन सकेको छैन। उही जस्ताको टहरो, अझ कतै त पालमुनी नै बास। 
 
विश्व खाद्य कार्यक्रले भूकम्पपीडितका नाममा आएको चामल नष्ट गरेको खबर सुनेका इर्खु र पीपलडाँडाका पीडित भन्दै थिए, बरु हामीलाई दिएको भए पनि हुने थियो, किन गाडेको होला?
 
भूकम्पपछिको यो ९ महिनाको अबधिमा विभिन्न गैरसरकारी संघसंस्थाले जिल्लाका १० अर्ब रुपैयाँ भन्दा बढी रकम सकिसकेका छन्। आकस्मिक उद्धार तथा राहतका लागि जिल्लामा धेरै संघसंस्था भित्रिएका १ सय संघसंस्थामध्ये ६५ संघसंस्था फर्किइसकेका छन् भने ३५ संघसंस्थाले काम गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ