arrow

‘प्रतिनिधिसभाको नतिजा फागुन ५ भित्र’

logo
प्रकाशित २०७४ माघ २० शनिबार

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा घटाएको छ। आयोगले समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी ७ दिनलाई ३ दिनमा झारेको हो। 

प्रतिनिधिसभा परिणाम ढिलो भएकोमा आलोचना बढेपछि केही दिन छिटो दिन आयोगले निर्देशिका संशोधन गरेको हो। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको अन्तिम नतिजा फागुन ५ भित्र दिने तयारी छ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले प्रतिनिधिसभाको परिणाम कसरी छिटो दिन सकिन्छ भन्ने उपाय निकाल्ने क्रममा निर्देशिका संशोधन गरिएको बताए। ‘संवैधानिक र कानुनी प्रावधानका कारण प्रतिनिधिसभा निर्वाचन परिणाम दिन राष्ट्रिय सभा निर्वाचन पर्खिनुपरेको हो,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचन परिणामपछि द्रुत गतिमा काम गरेर प्रतिनिधिसभाको परिणाम दिने आयोगको तयारी छ।’

पौडेलले ढिलोमा फागुन ५ गते प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाइसकिने बताए। उनका अनुसार राष्ट्रिय सभाको परिणाम माघ २५ गते आइसक्ने र माघ २६ गते समानुपातिकको नामावली बुझाउन दलहरूलाई ३ दिन समय दिएर पत्राचार गरिने तयारी छ।

दलहरूले नाम बुझाउने अवधि माघ २९ सम्म पाउने छन्। ‘आयोग प्रतिनिधिसभाको परिणाम दिन आतुर छ, यसमा दलहरूले पनि सघाउनुपर्छ,’ आयुक्त पौडेलले भने, ‘३ दिनको अवधिभित्र दलहरूले नियमानुसार क्रम आबद्धता र क्लस्टर मिलाएरसूची बुझाए परिणाम अझ छिटो दिन सकिन्छ। सच्याउन समय दिनै पर्दैन।’(कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ