arrow

नेपालसँग सम्बन्ध सुधार्न खोज्दा भारतलार्इ चीनको अर्को प्रहार

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
india_china.jpg

काठमाडौं। भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपालसँगको सम्बन्ध सुधारको बाहानामा नेपाल आईरहँदा भारतको सीमामा भने चीनले भारतलाई नै त्रसित बनाउने गरी हतियार जम्मा पार्न थालेको छ। चीन र भारतको सीमा अन्तर्गत् तिब्बतको विभिन्न भूमिमा यस्तो अत्याधुनिक हतियारहरु ओसार्न थालेपछि भारत यसमा थप सशंकित बनेको छ। 

दोक्लाममा केही महिना अघि अस्थाई रुपमा सुल्झिएको भारत र चीनबीचको सीमा विवाद योसँगै फेरि पनि तिब्बतमा सुरु भएको मान्न समेत थालिएको छ। भारत र चीनको सीमानामा पर्ने तिब्बतको सीमामा चीनले फाईटर जेट तथा नेवी वारसिस्प तैनाथ गरेपछि दुई देशबीच सीमा तनाव सुरु भएको कुरा बाहिर आएको समाचार भारतको नवभारत टाईम्सले जनाएको छ। यसलाई भारतीय मिडियाहरुले भारतलाई उक्साउने हर्कतको रुपमा लिएकाछन्। तिब्बतमा चिनियाँ सेना मात्रै नभई पीएलए एयर फोर्स तथा नेवीले समेत पछिल्ला दिनहरुमा आफ्नो सामथ्र्य प्रदर्शन गरिरहेको छ। 

रिपोर्टका अनुसार एक हालिया इन्टिलिजेन्स नोटमा भनेको छन् कि, 'पछिल्लो तीन सातामा फाइटर जेट्सको संख्या ४७ बाट बढेर ५१ पुगेको छ। पछिल्लो वर्षको तुलनामा यो संख्या १० एयर क्राफ्टले बढी हो। ल्हासा (गोन्नगकामा चीनले ८ फाइटर जेट्स तैनात गरेको छ। यस वाएक एयर मिसाइल सिस्टम्स समेत २२ एमआई (१७ हेलिकप्टर्स समेत कैयौं अन्य हतियार समेत तैनाथ गरेको छ। होपिङ्ग (रिकाजमा चिनियाँ वायु सेनाको १८ एयरक्राफ्ट्स तैनात भएको छ। यसको अलावा ११ एमआई (१७ अनमेन्ड एरियल विकल्स समेत शामिल छ। यति मात्रै होइन, चीनले तिब्बतमा भारतको सीमामा जमीनबाट हावामा हान्न सक्ने मिसाइल समेत लगेको छ। 

काशी इलाकामा समेत चीनले १२ फाइटर एयरक्राफ्ट्स तैनाथ गरेको छ। यसमा ८ जेएच (७ तथा ४ जे(११ एयरक्राफ्ट शामेल छ। चीनले यहाँ समेत जमीनबाट हावामा हान्ने खालको मिसाइल राखेको छ। यस बाहेक कैयौं अन्य इलाकामा समेत केही एयरक्राफ्ट्स राखिएको छ। यो मात्रै होइन चीनले सिक्किम सेक्टरको सम्मुखमा रहेको चीनको इलाकामा समेत एयरक्राफ्ट्स तैनाथ गरेको छ। रिपोर्टमा भनिएको छ कि, चीनको अरु समेत तैनाथ एयरक्राफ्ट्सको संख्या गर्मी लागेपछि अझ बढ्न सक्छ। 

यो यसकारण पनि महत्वपूर्ण छ कि चीनले यही समयमा तिब्बतमा एयरक्राफ्ट्सको तैनाथ गरिरहेको छ, जबकि यस इलाकामा गर्मी समयमा चीनले भारतीय बायुसेनाहरुलार्इ उडानको लागि रोक्न सक्छ र भारतले पनि त्यहाँ रक्षात्मक वायू सेनाको रक्षात्मक कारबाही सुरु गर्ने सम्भावना समेत देखिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ