arrow

मोदी कार्यकालमा १७ हजार धनाढ्यले रुचाएनन् भारत

नागरिकता त्याग्दै विकसित मुलुकको शरणमा

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
modi_central_park-nyc_0.png

काठमाडौं । भारतबाट पछिल्लो एक वर्षमा मात्रै ७ हजार उच्च धनाढ्यहरुले भारतबाट व्यवसाय विस्थापित गरेका छन् । चीनपछि यति धेरै मात्रामा धनाढ्यहरुले देश छाडेको यो दोस्रो ठूलो आँकडा हो । एक रिपोर्टका अनुसार २०१६ को तुलनामा १६ प्रतिशत बढी धनाढ्यहरुले भारतको नागरिकता छोडेर दोस्रो देशको नागरिकता लिएका छन् । न्यू वर्ल्ड वेल्थको रिपोर्ट अनुसार २०१७ सालमा मात्रै ७ हजार 'अल्ट्रा-रिच' भारतीयहरुले दोस्रो देशको नागरिकता लिएका छन् । 

२०१६ मा यो आँकडा ६ हजार थियो, जबकि २०१५ मा ४ हजार धनाढ्यहरुले भारत बाहेकको दोस्रो देशको नागरिकता लिएका थिए । धनाढ्यहरुले यस मामलामा चीनको सबैभन्दा बढीले देश छाडेका छन् । २०१७ मा चीनको १० हजार सुपर रिच मानिसले दोस्रो देशको नागरिकता लिएका छन् । चीन तथा भारतपछि टर्कीबाट ६ हजार, ब्रिटेनबाट ४ हजार, फ्रान्सबाट ४ हजार तथा रूसबाट ३ हजार धनाढ्यहरुले देश छाडेका छन् ।

माइग्रेशनको ट्रेण्डको कुरा गर्ने हो भने भारतबाट पलायन हुनेहरुको पहिलो रोजार्इ अमेरिका रहेको छ। यस बाहेक यूएई, क्यानडा, अस्ट्रेलिया तथा न्यूजिल्याण्ड जस्ता देश समेत रहेका छन् । त्यस्तै चिनियाँ धनाढ्यहरु अमेरिका, क्यानडा तथा अस्ट्रेलिया जस्ता देशमा पलायन भएका छन्। यो रिपोर्टका अनुसार भारत तथा चीनका लागि धनाढ्यहरुले देशबाट पलायन हुनु चिन्ताको विषय होइन । किनकी जति मानिस यहाँबाट पलायन भइरहेका छन्, त्यो भन्दा बढी संख्यामा नयाँ अरबपति थपिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ