arrow

एकिकृत सम्पत्ति कर लगाउदै स्याङजाको भीरकोट

logo
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७४ माघ २२ सोमबार
bhirkot-mahotsab.jpeg

स्याङ्जा। भीरकोट नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ श्रावण देखि एकिकृत सम्पत्ति कर लगाउने भएको छ ।  आन्तरिक आय बृद्धि गरी नगरपालिकालाई समृद्ध नगर बनाउन नगरपालिकाले एकिकृत सम्पत्ति कर लगाउने भएको हो ।

नगरपालिकाले एकिकृत सम्पत्ति करको वारेमा जानकारी दिन वडाका राजनीतिक दलका अगुवा र वडा अध्यक्षहरुलाई दुई दिने गोष्ठि समेत सम्पन्न गरेको छ । 

नगरवासीका जग्गा र जग्गामा बनेको घरको मालपोतको मुल्याङ्कनको आधारमा एकिकृत सम्पत्ति कर लिईने नगरपालिकाका प्रशासकिय अधिकृत धर्मराज ढुङ्नाले बताए ।

जिल्लाका सबै स्थानीयतहले एकिकृत सम्पत्ति कर लगाईसकेका छन् प्रशासकिय अधिकृत ढुङ्गानाले भने,“ हामीले ढिलो गरि यो अभियान ल्याएका छौ अव आर्थिक बर्षबाट सबै नगरवासीलाई एकिकृत सम्पत्ति करमा जोड्ने छौं ।”

नगरपालिकाको एघारौ वोर्ड बैठकले निर्णय गरिसकेकाले पहिलो चरणमा एकिकृत सम्पत्ति कर सम्वन्धी जानकारी दिइरहेका छौं ढुङ्गानाले भने । सबै नगरवासीलाई करको दायरामा ल्याएर नगरपालिकाको समग्र विकासमा लम्किने लक्ष्य रहेको ढुङ्गानाले सुझाए । 

एकिकृत सम्पत्ति करले समग्र नगरवासी र नगरको समृद्धीमा परिवर्तन हुने दावी नगर प्रमुख छायाराम खनालको रहेको छ । नगरपालिकाको आर्थिक स्रोत भनेको नै एकिकृत सम्पत्ती कर हो नगरप्रमुख खनालले भने,“सबै राजनीतिकदलहरुका अगुवा कार्यकर्ताहरुले आ आफ्नो टोलमा गई प्रचार प्रसार गरीदिनुहोस ।”

नगरपालिकालाई बाह्रय आर्थिक स्रोत ल्याउन पनि एकिकृत सम्पत्तिकर उठाउनु पर्ने बाध्यकारी नियम रहेकाले सवैलाई कर तिर्ने वानीको विकास गराउन नगरवासीलाई प्रमुख खनालले आग्रह गरे ।  

सिमान्तकृत वर्ग, अति विपन्न परिवारको हकमा भने एकिकृत सम्पति करमा केही छुट हुने संकेत नगरपालिकाले देखाएको छ । भीरकोट नगरपालिकामा करिव २५ हजार ८ सय जनसंख्या र १० हजार भन्दा बढी घरधुरी रहेको छ । एकिकृत सम्पत्ति कर लगाउनु भन्दा पहिला नगरपालिकाले नगर भित्रको जग्गा र घरधुरी सर्बेक्षण समेत गर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ