arrow

टेलिकमको नाफा १५ अरब बढी : ४ हजार बढी ग्राहकले पाल्छन् एक जना कर्मचारी

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
NT-Building.jpg

काठमाडौं । नेपाल टेलिकमले १ वर्षभित्र १५ अरब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै ३ अरब रुपैयाँ बढी हो ।

स्थापनाको १४औं वार्षिकोत्सवको सन्दर्भ पारेर टेलिकमले सार्वजनिक गरेको विवरण अनुसार नेपाल टेलिकमका झण्डै एक करोड ८५ लाख ग्राहक पुुगेका छन् । ग्राहकले दैनिक गर्ने कुराकानीबाटै टेलिकमले यति मोटो रकम कमाएको हो । यो संख्यामध्ये झण्डै ९० लाख ग्राहकले टेलिकमकै इन्टरनेट चलाउने पनि गरेका छन् ।

कहाँ जान्छ हो यति मोटो रकम ?
वार्षिक १५ अब कमाउने टेलिकमले पोहर असारदेखि गएको असारभित्र मात्रै आफ्ना कर्मचारीलाई ५ अर्ब ३२ करोड रुपैयाँभन्दी रकम सुविधा खर्चको नाममा बाँडेको छ । 

अहिले टेलिकमले ४ हजार १ सय ६२ जना कर्मचारी पालेको छ । ग्राफ नेपालको तथ्यांक अनुसार नेपालमा डाक्टरको संख्या साढे १६ हजारको हाराहारीमा छ । जनसंख्या र डाक्टरको अनुपात तुलना गर्दा एक जना डाक्टरको भागमा १७ सयभन्दा बढी पर्छन् । तर वात मार्नका लागि टेलिकमलाई शब्द र सेकण्डैपिच्छे रकम तिर्नुपर्छ ।

रमाइलो कुरा त टेलिकमका एक जना कर्मचारीको भागमा ४ हजार २ सय २९ जना ग्राहक पर्छन् । अर्थात् टेलिकममा एकजना कर्मचारीलाई ४ हजार बढी ग्राकले पालेका छन् ? १६ करोड रुपैयाँ भन्दा बढी त टेलिकमका मान्छेले भ्रमणमै खर्च गरेका छन् ।

टेलिकम संचालक समितिले एक वर्षमा १३ लाख ४० हजार, अन्य बैठक भत्तामा ४ करोड ६३ लाख रुपैयाँ खर्च गर्दा, तालिममा मात्रै झण्डै १० करोड ९५ लाख सिध्याएका छन् । टेलिकमले २ करोड ७ लाख भन्दा बढीको अतिथि सत्कार गरेको छ भने, कार्यालयको सजावटका लागि १ करोड ५८ लाख र बार्षिकोत्सवका लागि झन्नै १ करोड ४२ लाख खर्च गरेको छ ।

थप खर्च :

नेपाल टेलिकमको संचालक समितिमा सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरु छन् । आर्थिक वर्ष २०७३–०७४ मा सञ्चालक समितिको ४६ वटा बैठक बसेको थियो ।

बैठकका लागि खर्च :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ