arrow

खैनी चुरोट खान्छौ कि दाँतै कालो छ, कार्वाहीमा पर्लाऊ है तिम्रै पालो छ....

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
mahanagar123.jpg

काठमाडाैँ । कर्मचारीलाई स्वस्थ र वातारणलाई स्वच्छ बनाउने भन्दै काठमाडौं महानरले सबै वडाहरुमा अब सूर्ती चुरोट खान रोक लगाउने भएको छ ।

पहिलो चरणमा महानगरका बत्तीसवटै वडाबाट लागु गरिने यो नियम उल्लङ्घन गरे ठाउँका ठाउँ सय रुपैयाँ डाँडिने महानगरका शहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले चेतावनी दिए ।

यो नियम लागु गराउन महानगरले ‘नगरबासीको जीवन रक्षा र वातावरण स्वच्छ बनाउने निर्देशन समिति पनि गठन गरेको छ । महानगरका वडा कर्मचारीले कार्यालयभित्र सूर्ती चुरोट, पान गुट्खा बिँडी खाएमा कार्वाही गर्ने चेतावनी दिएका श्रेष्ठ, निर्देशन समितिका सदस्य सचिव बनेका छन् ।

उनी भन्छन् , "सुर्ती, पान, गुट्खा, चुरोट, बिँडी खाएर जथाभावी धुवाँ उडाउँदा र थुक्दा सहर कुरुप भएको छ, अब कार्वाही शुरु गरिन्छ ।"  पटक पटक विवादमा तानिँदै आएका मेयर विद्यासुन्दर शाक्यले चाहिँ, धुम्रपान, मद्यपान र सूर्ती खाने कर्मचारी शारीरिक र मानसिक रुपमा तन्दुरुस्त नहुने र कर्मचारी स्वस्थ भए मात्रै वास्तविक शहर बन्ने भएकोले ३२ वटै वडा कार्यालयलाई सुर्तिजन्य पदार्थ सेवन रहित क्षेत्र बनाइन्छ भने।

काठमाडौं महानगरपालिकाले यही साता निर्देशिका  कमिटी बनाएर नियम लागु गर्ने योजना बनाएको छ । अटेरी गर्ने कर्मचारीबाट उठाइने रकम सरसफाइमा खर्च गरिने महानगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ