arrow

भारतीय चालक दलका २२ सदस्यसहितको पानीजहाज अपहरण मुक्त

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
mt-marine-express.jpg

नयाँदिल्ली ।  पश्चिम अफ्रिकामा २२ जना भारतीय चालक दलका सदस्यसहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको र पछि अपहरणमा परेको आशङ्का गरिएको थियो ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिन्मा सम्पर्क गरिरहेको जानकारी दिएका थिए । मंगलवार सो विमान अपहरणबाट मुक्त भएको जानकारी भारतीय अधिकारीहरुले दिएका समाचरमा जनाइएको छ ।

बिहीबारबाट सम्पर्कबिहीन भएको सो जहाज सामुद्रिक डाँकुको कब्जामा रहेको पछि पत्ता लागेको थियो ।

उनीहरुले मङ्गलबार जहाज मुक्त गरिदिएको बताएपछि सो जहाज र यसका सबै सदस्यहरु जहाजको क्याप्टेनको नियन्त्रणमा आइसकेका समाचारमा उल्लेख गरिएको छ ।


अपहरणमुक्त जहाज र यसका सबै सदस्यहरु सकुशल रहेका अधिकारीहरुले जनाएका छन् । जहाजलाई अपहरणमुक्त गर्ने काममा लाग्ने सबैलाई भारत सरकारले धन्यवाद ज्ञापन परेको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ