arrow

मालदिभ्सको राजनीतिले लियो नयाँ कोर्ष

logo
प्रकाशित २०७४ माघ २४ बुधबार
maldives-prisoners.jpg

एजेन्सी । माल्दिभ्सको राजनीतिक संकटले नयाँ मोड लिएको छ । विपक्षी दलका ९ जना राजनीतिकर्मीलाई रिहा गर्न यसअघि दिइएको आदेश सर्वोच्च अदालतका ३ जना न्यायाधीशले उल्ट्याइदिएपछि माल्दिभ्सको राजनीतिक संकटले नयाँ मोड लिएको हो ।

राष्ट्रपति अब्दुल्ला यामीनले संकटकाल घोषणा गर्दै, यसअघि राजनीतिक बन्दी मुक्त गर्ने ५ जनाको बेन्च मध्ये सर्वोच्चका प्रधानन्यायाधिस सहित २ जना न्यायाधीशलाई गिरफ्तार गराएपछि बाँकी ३  न्यायाधीशले यसअघिको आदेश उल्ट्याएका हुन् । पक्राउ परेका प्रधानन्यायधीश अब्दुल्लाह साईदले आफ्नै सहयात्रीले आफुलाई बाहिर्याउने षडयन्त्र रहेको आरोप लगाएका थिए ।

राजनीतिक बन्दी रिहा गर्न यसअघिको ओदश उल्ट्याउने निर्णयमा बाँकी ३ न्यायाधिशले हस्ताक्षर गरेका छन् र यो निर्णय अनलाइनमा प्रकाशन गरिएको छ । ३ न्यायाधीशको निर्णयमा भनिएको छ, “राष्ट्रपतिले उठाएको चासोलाई समेत मध्यनगर गर्दै ९ जना राजनीतिकर्मीलाई रिहा गर्न यसअघि दिइको आदेश रद्द गरिएको छ “। ती ९ जना विपक्षी राजनीतिकर्मीमध्ये ७ जना माल्दिभ्सकै झ्यालखानामा छन् ।

विघटित संसदका एकजना विपक्षी नेतृ इभा अब्दुल्लाले भने ३ जना न्यायाधीशको आदेशलाई “पाखण्ड र तमासा“ भनेका छन् । ती नेतृले भनेकी छन्, सर्वोच्च अदालत सेनाको निगरानीमा छ । प्रधानन्यायाधीश र अर्का न्यायाधीश अली हामीद हिरासतमा छन् । राष्ट्रपति यामीनले बाँकी न्यायाधीशलाई भयभीत गर्दै जवरजस्ती निर्णय उल्ट्याउन लगाएका हुन्“।

यसअघि राष्ट्रपति यामीनले न्यायाधीशहरुलाई जिम्मेवार बनाउन र कू सरहको यो षडयन्त्र चिर्न आफुसँग संकटकाल लगाउनु बाहेक अर्को विकल्प थिएन भनेका थिए ।

यसैवीच निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहम्मद नासीदले माल्दिभ्समा हस्तक्षेप गर्न भारतलाई गुहारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ