- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ७ बाट ऐमालेबाट दलित तर्फका उम्मेदवार चक्रप्रशाद स्नेही र माओवादी केन्द्रबाट अपाङ्ग तथा अल्पसंख्यक समूहमा उम्मेदवारी दिएका महेश कुमार महरा निर्वाचित भएका छन् ।
दलित र अपाङ्ग तथा अल्पसंख्यक दुई सदस्यका लागि ४ जना उम्मेदवार थिए । यी दुई समूहमा बहुमतीय प्रणालीबाट सबै भन्दा बढी मत ल्याउने सदस्य नै निर्वाचित भएका हुन् ।
ऐमालेका दलित तर्फका उमेदवार स्नेहीले ३ हजार सात सय आठ मतभार प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दलित तर्फका उमेदवार शेरीराम पार्की १ हजार ८ सय ९० मतभार ल्याएर हारे ।
माओवादी केन्द्रका अपाङ्गता तथा अल्पसंख्यक तर्फका उमेदवार महराले ३ हजार ७ सय ८ मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार छत्रराज जोशीले १ हजार ९ सय आठ मतभार ल्याई हार्न पुगे ।
जम्मा खसेका मत मध्ये १ मत बदर भयो । निर्वाचनमा ७ नम्बर प्रदेशका ८८ गाउँपालिका र नगरपालिकाका प्रमुख उपप्रमुख गरी १ सय ७६ जना र प्रदेश सभाका सदस्य ५३ जना गरी २ सय २९ जना मतदाता रहेका भएपनि राष्ट्रिय जनता पार्टीबाट कैलालीको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सांसद कृष्णकुमार चौधरी र प्रदेश सांसद मालती राना थारुले मत हालेनन् ।
कुल २ सय २७ जनाले मतदान गरे । प्रदेश ७ बाट तीन महिला र तीन अन्य गरेर ६ सदस्य यस अघिनै निर्विरोध निर्वाचित भइसकेका थिए । जहाँ एकल संक्रमणीय मत प्रणालीमा चुनाव गराउनु परेन । बहुमतीय प्रणालीमा दुई सदस्यका लागि मात्रै मतदान भएको थियो ।
यसअघि कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र एमालेबाट शेरबहादुर कुँवर, माओवादी केन्द्रबाट हरिराम चौधरी निर्विरोध भएका थिए । यस्तै, महिला समूहमा कांग्रेसबाट तारादेवी भट्ट, एमालेबाट कमलाकुमारी ओली र माओवादीबाट इन्दु कडरिया निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित आठै जनालाई मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचित भएको घोषणाका साथै प्रमाण पत्र वितरण पनि गरिसकेका छन् ।