arrow

यस्तो छ कोरियामा कार्यरत नेपालीमा मानसिक समस्या बढ्नुको कारण 

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
south-korea.jpg

काठमाडौं । दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ ।

कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले इन्छन विमानस्थल पुगि उनलाई विमान क्रुको जिम्मा लगाएका हुन् ।

 उनी कार्यरत शहर ख्वागंजुबाट सँगै काम गर्ने साथीसँग सोल आउने क्रममा सम्पर्कविहीन भएपछि उनको सोमबारको विमान छुटेको थियो ।

मानसिक समस्या देखिएका यी युवाजस्तै अरु धेरै नेपालीलाई यसैगरी नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामाले बताइन् । करिब ४ महिनामा एक महिलासहित पाँचजना नेपालीलाई फर्काइएको उनले बताइन् ।

लिखित तथ्यांक नभए पनि एक दशक अवधीमा यस्ता समस्यामा परेका करिब डेढ सय नेपाली कोरियाबाट फर्केको लामाको दाबी छ । कति त उपचारपछि पुनः कोरिया आई काम गरिरहेको पनि उनले बताइन् ।

केही समयअघि मानसिक समस्या देखिएका एक महिलालाई नेपाल पठाइए पनि अभिभावकले फेरि कोरिया नै फर्काइ दिएका थिए ।

त्यस्तै कृषिमा कार्यरत एक युवालाई मानसिक समस्या देखिएपछि नेपाल फर्काउन लाग्दा परिवारले केही दिनपछि आउनु भनेपछि उनले आत्महत्या गरेको दूतावासले जनाएको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ