arrow

दाङमा खुम बहादुर हावी; प्रतिष्पर्धामा कोइराला र देउवाका को को भिड्दैछन्?

नेतृत्वमा यूवाहरु उदाए

logo
नारायण खड्का।
प्रकाशित २०७२ माघ १६ शनिबार
sushil-deuba.jpg.jpeg
दाङ। नेपाली काँग्रेस दाङमा पार्टी सभापति सुशील कोईराला र वरिष्ठ नेता शेरवहादुर देउवा पक्षबीच कडा चुनावी प्रतिपर्धा हुने देखिएको छ। शुक्रवार सम्पन्न गाउँ र वडा निर्वाचनको परिणाम नियाल्दा दाङमा देउवा पक्षधर मानिने खुमबहादुर खड्काको पक्षमा निर्वाचनको परिणाम आएको छ । जिल्लाको एक दर्जन गाविस र दर्जनौं वडाहरुमा सर्वसहमतिवाट नेतृत्व चयन गरिएको छ। जिल्लाको ३१ गाविस र ४ नगरपालिका मध्य अधिकाँसमा नेतृत्व चयन गर्न निर्वाचन नै भएको थियो। निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत गोपाल पाण्डेले जानकारी दिए। निर्वाचन मार्फत अधिकाँसमा यूवाहरु नेतृत्वमा उदाएका छन्।
 
काँग्रेसले आफ्नो १३औं महाधिवेशनको तयारी स्वरुप सबैभन्दा तल्लो इकाई गाउँ, नगर वडा सम्पन्न गरेर शनिवार नगर अधिवेशनको प्रक्रिया शुरु गरिसकेको छ।  जसका लागि प्रत्येक गाउँ र नगर वडा सम्म कोईराला र देउवा दुबै प्यानलवाट उम्मेदवारी परेको थियो। तर अधिकाँसमा देउवा पक्ष नै हावी भएको छ। दुवै प्यानलले व्यापक मात्रामा चुनावी प्रचार प्रसार र घरदैलो गर्दै आ–आफ्नो पक्षमा मत माग्दै हिडेका थिए। अधिवेशनलाई मध्यनजर गर्दै दाङवाट प्रतिनिधित्व गर्ने नेता खुमवहादुर खड्का वाहेक अन्य सबै नेता र सांसदहरु दाङमा आएर आ–आफ्नो पक्षमा मत मागिरहेका छन्। संस्थापन पक्षधर मानिने केन्द्रीय सदस्यहरु दिपक गिरी र पार्वती डिसी चौधरी, सांसदहरु बुद्धिराम भण्डारी, राजु खनाल, अनिता देवकोटा लगायतका सम्पूर्ण नेता कार्यकर्ताले आ–आफ्नो पक्षमा लबिङ गर्दै हिडिरहेका छन्। तर दाङमा खुमबहादुर खड्काको वर्चश्व देखिएको छ। दाङको राजनीतिमा खुमबहादुर खड्काले ईशारा मात्रै गरेपुग्छ उनले नबोले पनि उक्त उम्मेदवारले जित्छ भन्ने गरिन्छ। यद्यपी यसपटक खड्काले जिल्लाको निर्वाचनमा आफूले कसैको पक्षमा मत हाल्न आग्रह नगरेको वताएका छन्। दाङमा आफूले खडा गरेको कुनै उम्मेदवार नभएको उनको दाबी छ।
 
नगरसभापतिको निर्वाचन हुँदै; नगरमा को को छन् आकाँक्षी?
जिल्लाका चारवटा नगरपालिका मध्य अधिकाँसमा नगर सभापतिका लागि नेपाली काँग्रेस भित्र यसपटक यूवाहरु आकाँक्षी देखिएका छन्। तुलसीपुर नगरपालिकामा वाहेक अन्य तीनवटामा यूवाहरुले सभापतिको लागि चुनावी प्रचार प्रशार तिर्व पारेका छन् । त्रिपुर ,घोराही र लमही नगरमा सभापतिका आकांक्षी यूवाहरुले ‘यूवालाई अवसर र अग्रजलाई सम्मान’ भन्ने नारा नै तय गरेका छन्। त्रिपुर नगरको सभापति पदका आकांक्षी दिपक पाण्डे,घोराही नगरको सभापति पदका आकांक्षी रमेश कुमार पाण्डे र लमही नगरको सभापति पदको आकांक्षी कुमार घिमिरेले फोनमा त्यस्तो जानकारी दिएका हुन। 
 
तुलसीपुरमा भने किरणबहादुर शाह र गहेन्द्र गिरीको वढी चर्चा छ। शाह र गिरीले काँग्रेस भित्रका अलग–अलग गुटको नेतृत्व गर्छन। अर्का प्रत्यासी शाह भने व्यापक रुपमा चुनावी प्रचार प्रशारमा सक्रियतापूर्वक लागिसकेका छन्। गिरी र शाहको उमेर भने लगभग एउटै छ। शाह काँग्रेस भित्रको संस्थापन पक्षधर र गिरी खुमवहादुर खड्का पक्षधर मानिन्छन्। गिरी पूर्व जिल्ला सभापति समेत भइसकेका नेता हुन। तुलसीपुर वाहेक अन्य तीन वटा नगरको सभापतिका लागि भने यूवाहरु अलि उमेर पोकेका अग्रजहरुसंग चुनावी प्रतिपर्धामा उत्रन लागेको देखिएको छ। 
 
त्रिपुर नगरमा सभापतिको लागि उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चित्रवहादुर डाँगी ‘निर्मल’ र नारायणपुर इकाई सभापति दिपक पाण्डे चुनावी प्रतिपर्धामा देखिएका छन्। यद्यपी यी दुबै जना खुमवहादुर पक्षधर नै मान्ने गरिन्छ। डाँगीलाई पितृशोक परेको छ। डाँगीका वुवा नोखवहादुर डाँगीको माघ ८ गते निधन भएको थियो। त्यही भएर उनी चुनावी प्रचार प्रसारका लागि पाण्डे जस्तै गरी मतदाताको घरघरमा जान सकेका छैनन्। निर्वाचनका दिन मतदान हुने वुथमा पुगेरै भएपनि भोट माग्ने सोच आफूले वनाएको डाँगीले फोनमा जानकारी दिए। तर उनको घरमा आउने सबैसंग उनले आफ्नो पक्षमा मतमागी रहेको जानकारी दिए। 
 
त्यस्तै घोराही नगर सभापतिमा तीन जनाको चर्चा छ। घोराही ६ निवासी भरत शर्मा पौडेल काँग्रेसका पुराना र अनुभवी नेता हुन। उनी खुमवहादुर पक्षधर मानिन्छन्। उम्मेदवारी घोषणा गरेर मत माग्दै हिडेका अर्का व्यक्ति मनोज वुढाथोकी हुन। घोराही ७ निवासी उनी यज्ञवहादुर बुढाथोकीका छोरा हुनु। त्यो भन्दा पनि उनी एउटा व्यापारी हुन। उनले एकाएक नगर सभापतिमा आकाँक्षा राखेका हुन। अर्का प्रतिपर्धी जो उमेरले यी शर्मा पौडेल र बुढाथोकीको भन्दा उमेरले कान्छा रमेश कुमार पाण्डे हुन। अन्तिम सम्ममा भरत शर्मा पौडेल र पाण्डेका वीचमा नै प्रतिपर्धा हुने आँकलन गरिएको छ। पाण्डे संस्थापन पक्षका मानिन्छन्। त्यस्तै लमही नगरमा शिवु प्रशाद चौधरी र कुमार घिमिरेको वीचमा सभापतिका लागि प्रतिपर्धा हुने अनुमान गरिएको छ। 
 
लमहीमा वर्तमान सभापति अनुराग यादव र लक्ष्मण पवन शर्माको चर्चा पनि छ। चौधरी र घिमिरे दुबै खुमवहादुर पक्षधर हुन। घिमिरे उमेरले ४० वर्ष भन्दा मुनीका छन् भने चौधरी ५० नाघेका व्यक्ति हुन। 
 
जिल्ला सभापतिको आकांक्षीहरु
जिल्लामा झन्डै दुई महिना अघिदेखि उम्मेदवारीको घोषणा गरि सक्रियपूर्वक लागेका निर्वाचित जिल्ला सचिव कमल किशोर घिमिरे सभापतिका एक बलिया उम्मेदवार मानिएका छन्। उनी खुमवहादुर पक्षधर मानिन्छन्। तर खड्का पक्षधरकै मानिने नेता गेहेन्द्र गिरीको चर्चा पनि उत्तिकै छ। खुमवहादुरकै सपोर्टर वर्तमान सभापति घनश्याम रेग्मी पनि सभापतिका आकांक्षी छन्। खड्का पक्षधरकै नेता श्याम रेग्मीको चर्चा पनि जिल्लामा उत्तिकै छ। दाङमा खुमवहादुरले चाहेको व्यक्ति नै सभापति निर्वाचित हुन्छ भन्ने मत बलियो देखिन्छ। तर उनले कसलाई अघि सार्छन भन्ने अझै स्पष्ट भइसेको छैन।
 
संस्थापन पक्षको तर्फवाट पूर्व सचिव शंकर गिरीले उम्मेदवारी घोषणा गरि प्रचारप्रसार तीव्र पारेका छन्। तर उनी पछिल्लो समय बाँकेमा बस्दै आएका छन्। गिरीपनि जिल्लाका एक सशक्त उम्मेदवार मान्ने गरिन्छ । संस्थापन पक्षधर नै मानिने पूर्व जिल्ला सभापति विरकेश्वरी गौतमको चर्चा परिचर्चा पनि उत्तिकै छ। जसले द्धन्दकालमा पार्टीलाई मजवुत पार्न निकै भूमिका खेलेको बताउने गरिन्छ। संस्थापन पक्षवाट सचिव शंकर डाँगी पनि सभापतिको लाइनमा छन् भन्ने गरिन्छ। यद्यपी उनले औपचारीक रुपमा मुखखोलि सकेका छैनन्।
 
इकाइबाट को को भए निर्वाचित
नेपाली काँग्रेसको गाउँ वडा नगर अधिवेशन अन्तर्गत शुक्रवार नयाँ नेतृत्व चयनको लागि जिल्लाका अधिकाँस स्थानमा मतदान भएको छ। जिल्लाका आधादर्जन जति गाविस र वडाहरुमा सर्वसहमतिमा नेतृत्व चयन गरिएको छ। आधादर्जन गाविसहरुमा पुरै नेतृत्व सर्वसहमतिमा चयन गरिएको जिल्ला निर्वाचन अधिकृत गोपाल पाण्डेले जानकरी दिए।
 
दाङ क्षेत्र नं. ५ अन्तरगतको पंचकुले गाविसमा सर्वसहमति पुरै नेतृत्व चयन गरिएको छ। पंचकुले गाविसको इकाई सभापतिमा रुद्रवहादुर डाँगी लगायत सम्पूर्ण पदाधिकारी निर्विरोध चयन गरिएको हो। त्यस्तै क्षेत्र नं. ३ अन्तरगतको धर्ना गाविसको इकाई सभापतिमा विष्णुमणि दाहाल लगायत सम्पूर्ण पदाधिकारी निर्विरोध चयन गरिएको छ। क्षेत्र नं. २ को काभ्रे गाविसको इकाइ सभापतिमा जागेश्वर अधिकारीको नेतृत्वमा सम्पूर्ण पदमा निर्विरोध चयन गरिएको छ। क्षेत्र नं. १ को धर्ना गाविसको इकाई सभापतिमा  दुर्योधन पाण्डेको नेतृत्वमा सम्पूर्ण पदाधिकारी सर्वसहमतिमा चयन गरिएको छ। सिशहनीया गाविसमा वेदप्रसाद चौधरीको नेतृत्वमा  नेतृत्व निर्विरोध निर्वाचित गरिएको जिल्ला सह निर्वाचन अधिकृत निर्मल गौतले जानकारी दिए।
 
सहायक जिल्ला निर्वाचन अधिकृत निर्मल गौतमका अनुसार अन्य विभिन्न स्थानमा कतै निर्वाचन र कतै सर्वसहमति बाट नेतृत्व चयन गरिएको छ। तुलसीपुर १९ मा नेतृत्व चयनको लागि निर्वाचन भएको छ। निर्वाचनबाट बोदीलाल भण्डारी वडा सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै क्षेत्रीय प्रतिनिधिमा जागेश्वर खड्का सर्वाधिक ५२ मत ल्याएर निर्वाचित भएका थिए। क्षेत्रीय प्रतिनिधिमा विनोद वस्नेत र सुशीला भण्डारी पनि निर्वाचित भएका छन्। तुलसीपुर १३ मा मतदान मार्फत यमराज खत्री वडा सभापतिमा निर्वाचित भएका थिए। निर्वाचन मार्फत क्षेत्रीय प्रतिनिधिमा धुर्व शाह र जगतबहादुर खड्का निर्वाचित भएका हुन। तर तुलसी चौधरी भने सर्वसहमतिवाट क्षेत्रीय प्रतिनिधि चयन गरिएकी थिइन। तुलसीपुर २० मा निर्वाचन बाट टोपेन्द्र रेग्मी वडा सभापतिमा निर्वाचित भएका छन्। क्षेत्रीय प्रतिनिधिमा होम प्रकास गौतम, डिल्लिवहादुर बस्नेत र खिमवहादुर वली निर्वाचित भएका छन्। तेज कुमारी चन्द भने महिला प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी हुन। तुलसीपुर १४ मा भरत लामिछाने वडा सभापतिमा निर्वाचित भएका छन्। मतदान मार्फत क्षेत्रीय प्रतिनिधिमा कुमार लामिछने, रेशमबहादुर भण्डारी र महादेव शाह निर्वाचित भएका थिए। तुलसीपुर ७ मा विष्णु मल्ल वडा सभापतिमा निर्वाचित भएका छन्। क्षेत्रीय प्रतिनिधिमा ज्वाला गिरी, मोहलाल केसी र महिला प्रतिनिधिमा चन्द बुढा निर्वाचित भएका छन्। तुलसीपुर १० मा मोहन गुरुङ सभापतिमा निर्विरोध निर्वाचित गरिएका थिए। महिला क्षेत्रीय प्रतिनिधि विष्णु रेउले पनि निर्विरोध निर्वाचित भएकी थिइन। तर राजन खड्का र चन्द्रकान्त खरेल भने निर्वाचन मार्फत क्षेत्रीय प्रतिनिधिमा विजय भएका थिए। त्रिपुर ५ मा अम्मरवहादुर वुढा वडा सभापतिमा मतदान मार्फत निर्वाचित भएका छन् । घोराही ६ मा मधुसुधन अधिकारी निर्विरोध निर्वाचित भएका थिए।
 
पंचकुले गाविसको सचिवमा महादेव केसी सर्वसहमतिबाट चुनिएका छन्। क्षेत्रीय प्रतिनिधिहरुमा टिका घर्ती, राजकुमार डाँगी, डिल्लिवहादुर बुढाथोकी, मोहनलाल डाँगी डम्मर अधिकारी निर्वाचित भएका छन्। नव निर्वाचित सचिव केसीले दिएको जानकारी अनुसार क्षेत्रीय प्रतिनिधिमा दलितवाट केशवराज नेपाली, र महिला प्रतिनिधिमा देवा बस्नेत र कुन्ती डिसी निर्वाचित भएका छन्।
 
निर्बाचनमा लमही नगरपालिका वडानम्बर २ को वडा सभापतिमा गुरुदेब चौधरी निर्बाचित भएका छन्। क्षेत्रिय प्रतिनिधिमा क्रमश हरिहर शर्मा घिमिरे, ठगइ चौधरी, र महिला क्षेत्रीय प्रतिनिधिमा प्रेमा घिमिरे सर्बसहमति बाट चयन गरिएको थियो। तुलसीपुर १ मा खेमलाल महतारा वडा इकाई सभापतिमा निर्विरोध निर्बाचीत भएका छन्।  क्षेत्रीय प्रतिनिधिमा युवराज खड्का, दामोदर कँवर योगी र हेमन्ता पाण्डे चयन भएका छन्। वडा नं. २ मा पत्रकार बालराम खड्का वडा इकाई सभापतिमा निर्विरोध निर्बाचित भएका छन्। खड्का दाङमा सबैभन्दा कम उमेरका वडा सभापति वनेको कांग्रेस दाङले जनाएको छ। उक्त वडाको क्षेत्रीय प्रतिनिधिमा कृतिबहादुर खड्का, सुरेन्द्र खड्का, कुमारी खड्का र टिकादेवी रेग्मी  चुनिएका छन्। तुलसीपुर १० मा मोहन गुरुङ वडा इकाई सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। जसको महिला क्षेत्रीय प्रतिनिधिमा विष्णु रेउले निर्विरोध चयन गरिएको थियो। सिसहनिया गाविसको वेदप्रसाद चौधरीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसहमतिले चयन गरेको छ । जसको सचिवमा रेशमबहादुर रावत, कोषाध्यक्षमा गोवर्धन रावत र सदस्यहरुमा विद्याशरण चौधरी, रामदयाल चौधरी, रामचन्द्र अधिकारी, तपेश्वर चौधरी, चुडामणी शर्मा, छेदिया चौधरी, सुन्दर शाही र वेदनारायण चौधरीलाई चयन गरेको छ। क्षेत्रिय प्रतिनिधिमा सुशिला चौधरी, नित्यानन्द शर्मा, भिमलाल चौधरी, अमृत अधिकारी, विनोद परियार, जगदम्बा चौधरी, अनिता चौधरी, प्रभाकरदेव चौधरी, धर्मप्रकाश गुप्ता, सुरेन्द्र घिमिरे र विलोचन चौधरीलाई चयन गरेको छ। घोराही नगर पालिका वडा नम्बर ६ मा मधुसुदन अधिकारी इकाइ सभापतिमा निर्विरोध निर्बाचित भएका छन् । जसको क्षेत्रिय प्रतिनिधिमा गोपाल राज शर्मा , बद्रि कुमार खड्का निबिरोध चयन गरिएका हुन। त्यस्तै महिला प्रतिनिधिमा टिका शाह, बिजयादेबी शर्मा निर्बीरोध निर्बाचित गरिएको थियो ।  उक्त वडाको  सचिवमा घनबहादुर रावत , कोषाध्यक्ष ओमबहादुर चन्द,सदस्यमा बिक्रम कुवर , उमेश अर्याल , मंगल घर्ती , सपना मजगैया , घनबहादुर शाह , गणेश बेलवासे , केशर रावत र बिष्णु पोख्रेल निबिरोध चयन गरिएका थिए।
 
क्षेत्र नं.३ अन्तरगत त्रिपुर नगरपालिका वडा नं १मा सचिव सहित ८ वटा पदहरु सर्वसहमतिमा नेतृत्व चयन गरिएको छ। वडा सचिवमा शिशिर लम्मसाल र कोषाध्यक्षमा द्रोपदा केसी निर्वाचित भएका छन् । नारायणपुरवाट अनिल डाँगीले दिएको जानकारी अनुसार सदस्यहरुमा पवन वुढाथोकी, दिलिप केसी, विनोद वली, बेद प्रशाद चौधरी, गोविन्द न्यौपाने र विरवहादुर डाँगी सर्बसहमतिमा निर्वाचित भएका हुन।
 
क्षेत्र नं. ४ अन्तरगतका  विभिन्न वडाहरुमा सर्वसहमतिमा  नेतृत्व चयन गरिएको छ। तुलसीपुर नगरपालिका अन्तरगत वडा नं १,४,१७ मा सर्वसहमतिमा वडा सभापति चयन गरिएको छ। तुलसीपुरको वडा नं.१७ खाद्रेको वडा सभापतिमा लेखराज कार्की चयन गरिएका छन्। क्षेत्रीय प्रतिनिधिमा पूर्णवहादुर खड्का ,विष्णु खड्का र एक जना महिला सर्वसहमतिवाट आएका हुन। तुलसीपुर –१को वडा सभापतिमा खेमराज महतरा आएका छन् भने क्षेत्रीय प्रतिनिधिमा युवराज खड्का,दामोदर योगी र एक जना महिला चयन गरिएका छन्। तुलसीपुर –४ को वडा सभापतिमा रेशमवहादुर वली सर्वसहमति बाट चयन गरिएका छन् भने क्षेत्रीय प्रतिनिधिमा तेजवहादुर बस्नेत,अरुण आचार्य र अमृता बिक महिला प्रतिनिधिमा सर्वसहमतिवाट चयन गरिएका छन्। तुलसीपुर ३ मा प्रेमवहादुर केसी मतदान मार्फत निर्वाचित भएका छन्। जहाँ क्षेत्रीय प्रतिनिधिमा टोपबहादुर केसी, विश्वराज आचार्य, देवीका नेपाली र तुलसा भण्डारी सबै निर्वाचन मार्फत विजयी भएका थिए। तुलसीपुर ५ मा निर्वाचन भएको छ । मदन धिताल वडा सभापतिमा निर्वाचन मार्फत विजयी भएका थिए। क्षेत्रीय प्रतिनिधिमा गोपीनाथ योगी, गुरु प्रशाद सुवेदी, यमकान्त भण्डारी, सावित्रा गुरुङ र पवित्रा धिताल निर्वाचन मार्फत विजयी भएका थिए। तुलसीपुर वडा नं. ६ मा प्रताप खत्री सर्वसहमति बाट वडा सभापति चयन गरिएका थिए। तर क्षेत्रीय प्रतिनिधिहरु लिलाधर लम्साल,शंकर प्रशाद पौडेल, देवराज धिताल, भारता लामिछाने र शान्ता पाण्डे मतदान मार्फत निर्वाचित भएका थिए।
 
त्रिपुर १२ मा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ। जहाँ वडा सभापतिमा नोखिराम केसी निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधिहरुमा छविलाल डाँगी, विनायक दाहाल र विन्दु शाह सबै निर्वाचन मार्फत विजय भएको जिल्ला सहायक जिल्ला निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिए। रामपुर गाविसको इकाई सभापतिमा रेवति प्रशाद घिमिरे निर्वाचित भएका छन्। क्षेत्रीय प्रतिनिधिहरुमा कृष्ण किशोर घिमिरे, कमल किशोर घिमिरे,चुडामणी आचार्य र क<



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ