arrow

महेन्द्र बहादुर शाही प्रदेश ६ को मुख्यमन्त्री बन्ने पक्का

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
mahendra-bahadur-sahi.jpg

सुर्खेत । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही प्रदेश ६ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । यस अघि नै बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने सहमति भईसकेको प्रदेश ६ मा शाही माओवादी केन्द्रको संसदीय दलको नेता चयन भएकोले उनी मुख्यमन्त्री बन्ने पक्का भएका हुन् । 

कुनैपनि पार्टीको संसदीय दलको नेताले मात्रै मुख्यमन्त्रीको लागि उम्मेदवारी दिन पाउँछ । प्रदेश नं ६ मा बाम गठबन्धनको स्पष्ट बहुमत रहेकोले शाही मुख्यमन्त्री बन्ने पक्का भएको हो । संसदीय दलमा शाहीसँगै जुम्लाका सांसद नरेश भण्डारीले टक्कर दिने भनिएको भएपनि उनले पछि त्यसमा चासो नदेखाएपछि शाहीलाई संसदीय दलको नेताबन्न सहज भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ